logo
  • शनिबार, साउन ३० २०८३

चुण्डि मोटरसाइकलमा बेरीदा युवतीको ज्यान गयो


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

टोपलाल अर्याल, गुल्मी  आषाढ १।
आफुले ओढेको चुण्डि मोटरसाइकलमा बेरिएर एक युवतीको ज्यान गएको छ । गुल्मीको वाग्ला गाविस २ निवासी २२ बर्षिया कोपीला गिरीको मंगलबार ज्यान गएको हो ।

Accident-cause-Sawlउनी हस्तिचौरबाट सिर्सेनी जाँदै गरेको लु ४ प ७८२६ नम्बरको मोटरसाइकलको पछाडी बसेकी थिइन । वस्तु गाविस वडा नं १ को दुर्कनी भन्ने स्थानमा चुण्डि मोटरसाइकलको चक्कामा बेरिएपछि उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

चालक रेसुंगा नगरपालीका १ का २९ बर्षिय सुर्य बहादुर दर्जी प्रहरीको नियन्त्रणमा रहेका छन् । युवतीको शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल तम्घासमा राखिएको छ ।

मोटरसाइकलमा यात्रा गर्दा विशेष ध्यान दिएर यात्रा गर्न सर्वसाधारण सबैमा अनुरोध गरिएको छ । महिलाहरुलाई मोटरसाइकलको पछाडि बसेर यात्रा गर्दा आफुले  लगाएको कपडा चक्कामा सजिलै बेरिन सक्ने भएकोले  विशेष ख्याल गरि यात्रा गर्न सुझाब दिइएको छ  ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend