साझा नेटवर्क
काठमाडौं, आषाढ १।
अन्तराष्ट्रिय परोपकारी संस्था सोलिडारिटी इन्टरनेशनलले सम्भव फाउन्डेशनको सहकार्यमा नुवाकोट र दोलखामा गरी थप दुई बिद्यालय पुनर्निर्माण गर्ने भएको छ ।
पिस फाउन्डेशन यूके र डेन्मार्कको करीब २३ लाख रुपैयाँ आर्थिक सहयोगमा नुवाकोटको शान्ती निम्न माध्यामिक बिद्यालय र दोलखाको सरस्वती निम्न माध्यामिक बिद्यालय पुनर्निर्माण गर्न लागिएको जानकारी दिइएको हो ।
नेपाल सहित बिश्वका विभिन्न देशहरुमा आफ्नो च्याप्टर स्थापना गरेको सोलिडारिटीले यस बर्ष मात्रै भुकम्पबाटक्षती ग्रस्त अन्य १० बिद्यालयहरु पुनर्निर्माण गरी सकेको सोलिडारिटी इन्टरनेशनलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र गौतमले जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend