logo
  • शनिबार, साउन ३० २०८३

गुल्मीमा औषधी पसल तथा किल्नीक अनुगमन : झुटा बिज्ञापन रोक्न कडा निर्देशन


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

टोपलाल अर्याल, गुल्मी जेष्ठ ३२।
जिल्ला प्रसासन कार्यालय गुल्मीको नेतृत्वमा जिल्लाका औषधी पसल तथा किल्नीकहरुको अनुगमन गरिएको छ । अनुगमनको क्रममा डक्टरहरु बोलाउने अधिकाँश किल्नीकहरु दर्ता नभएको पाइएको छ ।

त्यस्ता किल्नीकहरुबाट निस्कने फोहोर ट्याक्टरमा फाल्ने गरिएको भेटिएकाले छुट्टै व्यवस्थापन गर्न निर्देशन दिइएको अनुगमनको अगुवाई गर्नुभएका जिल्ला प्रसासन कार्यालयका प्रसासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिनुभयो । त्यस्तै अस्वभाविक बिज्ञापन बजाएर जनता ढाट्ने प्रवृती तुरुन्त बन्द गर्न निर्देशन तथा लिखित प्रतिबद्धता गराइएको मरासिनीले बताउनुभयो ।

पछिल्लो समय औषधी पसल र झुटा बिज्ञापनको बिषयमा व्यावपक जनगुनासा आएपछि अनुगमन गर्न थालिएको जिल्ला प्रसासन कार्यालयले जनाएको छ । चार महिनाको एक पटक सदरमुकाम र बाहिर रहेका औषधी पसल तथा किल्नीकहरको अनुगमन गरिने समेत प्रसासनले जनाएको छ ।

सदरमुकामका २० औषधी पसल र किल्नीकहरको अनुगमन गरिएको थियो ।जिल्ला प्रसासन कार्यालयका प्रसासकीय अधिकृत भक्तिराम मरासिनीको नेतृत्वमा औषधी व्यावसायी संघका अध्यक्ष कमल पाण्डेय, पत्रकार महासंघका सचिव तारा भुसाल, उपभोक्ता मञ्चका टोप बहादुर खत्री, जनस्वास्थ्य कार्यालय, जिल्ला आर्युबेद औषधालय, जिल्ला अस्पतातका प्रतिनिधीहरुको टोलीले अनुगमन गरेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend