logo
  • शुक्रबार, साउन ८ २०८३

संगीतलाई भित्रैबाट बुझ्ने र नजिकबाट नियाल्ने कलाकार जन्मिएकै छैनन : गायक सिग्देल


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

बाबुराम सिग्देल, जेष्ठ ३१।
कलाकारहरु सँग अन्तरवार्ता गर्दा उही बिषयमा बढी चर्चा परिचर्चा हुने गर्दछ उनीहरुको ब्यक्त्ती बिशेषताको बारेमा त्यस्तै नेपाली सांगीतिक क्षेत्र भित्र घटेका घटना लगायत तेही भित्रका गतिविधी, बिकृती र विसंगतिको बारेमा ।

13082713_541491236029865_4045338139738868006_n

सांगीतिक क्षेत्रमा यस्तो आउनुमा मुख्य कुन कारणबाट होत भन्ने बारेमा गीतसंगीतलाई मायाँ गर्ने दर्शक श्रोताहरुको बढी चासो बढ्ने क्रम जारी छ । सांगीतिक क्षेत्र भित्र धेरै विधाका गित गाउँने कलाकार छन् सबैमा कुनै न कुनै कारणबाट नेपाली गितसंगीत गतिविधी खस्किदो अवस्थामा गएको छ । हुन त ऐलेको परिस्थितिमा दर्शक श्रोता भन्दा कलाकारहरुनै धेरै भएको अनुमान पनी हुन थालेको छ ।

यौटा कुरा यो पनी होकी कलाकारले बास्तवमा गीतसंगीत खास के होत यसलाई हेलचेक्र्याइँ गर्यो भने समाजमा कस्तो असर पर्छ र सांगीतिक क्षेत्र कुन अवस्थामा जान्छ भनेर यसको बारेमा भित्रै बाट बुझेर गीत संगीतलाई राम्रो सँग नियाल्न जरुरी हुन्छ ।

त्यस्तै एकजना कुशल गायक राज सिग्देलले पनी भनेका छन् बास्तवमै भन्ने हो भने गीतसंगीत के हो र यसको महत्व कती छ भन्ने बारे भित्रैबाट बुझ्ने र नजिकबाट नियाल्ने कलाकार अहिलेसम्म जन्मिएकै छैनन् त्यसैले सांगीतिक क्षेत्रमा यसको असरले यस्तो खस्किदो अवस्थामा जान परेको हो । मिठो स्वरका धनी गायक राज सिग्देल आधुनिक, गजल एवं फिल्मी क्षेत्रका एक कुशल गायक हुन् ।

तनहुँ जिल्लाको गजरकोट गा.वि.स वडा न. चार पुट्टार भन्ने ठाउँ जुन कालीगण्डकीको सेरोफेरो राम्रो वातावरण भएको ठाउँमा जन्मिएका उनी स्कुल पढ्दा देखिनै गम्भीर स्वभावका सानै उमेरदेखी यसै गीतसंगीतमा रुची राख्दै बाँसुरी बजाउँदै पछी काठमाडौं गई नौ बर्षसम्म गित गाउँन र संगीत सिकेर आफ्नो गायन यात्रा अगाडी बढाएको बताएका छन् ।

ब्यक्त्ती बिशेषमा कुरा गर्दै उनले भने कलाकारले नै गीतसंगीत बुझ्दैनन् भने कसरी मौलिकता कायम रहन्छ देशको माटोलाई सुहाउने खालको दर्शक श्रोताको भावनालाई बुझेर गित बजारमा ल्यायो भने मात्रै सांगीतिक माहौल राम्रो दिशामा जान्छ भन्नेमा जोड दिएका छन् ।

कलाकारहरुनै आफ्नो लक्ष्यलाई ध्यान केन्द्रित गरेर स्वार्थमा अगाडी बढेका छन् ।  नमस्ते नेपालको लोकप्रिय कार्यक्रम ब्यक्त्ती बिशेषमा अन्तरवार्ताको लागी आमन्त्रित गरेर अतिथिको रुपमा उपस्थित भएका गायक सिग्देलले प्रस्तोता बाबुराम सिग्देल सँगको कुराकानीमा बताएका हुन् ।

यस्तो गतिविधीले कहिल्यै पनी सांगीतिक पाटोले राम्रो सास फेर्न सक्दैन गायक सिग्देलले भने उनले ऐले सम्म गजल, आधुनिक, तथा फिल्मका गित सबै गरेर कम्तिमा पनी दुई सय भन्दा बढी गितमा आवाज दिएको बताएका छन् भने यस मध्य २० वटा फिल्ममा स्वर दिई सकेको बताए ।

नेपाली सांगीतिक क्षेत्रमा भएका जतिपनी विधाका गितहरु सबै महत्वपूर्ण भएको र आँफु आधुनिक गायक भएपनी लोकसंगीतलाई पनी उतिनै बराबर मायाँ गर्ने बताएका छन् । आँफुले गाएका गित मध्ये उ जितेर गइ या हारेर गइ बोलको गितले सबैभन्दा बढी गायक राज सिग्देल भनेर सबैमाँझ चिनाउन सफल भएको बताए ।

उक्त्त गितमा स्वर गायक सिग्देल आफ्नै रहेको छ भने शब्द पुरुषोत्तम ढुङ्गेल संगीत चण्डी प्रसाद काफ्लेको रहेको छ । बिदेशका कार्यक्रममा पनी आमन्त्रित गरेर जाने आउने क्रम चलेको छ केही दिन अगाडी जापान र हङकङ पुगेर आएका छन् भने अब फेरी केही दिनमै अष्ट्रेलिया जाने तयारी भइरहेको बताएका छन् । ब्यक्त्ती विशेषमा कुरा गर्दै भने म दर्शक श्रोताहरुसँग त्यती राम्रो चिनिन सकेको छैन अब भने चिनिने क्रम बढ्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend