logo
  • शुक्रबार, साउन ८ २०८३

चलचित्र “२१ वर्ष” द्धारा अनाथलयलाई सहयोग


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

सुर्य चन्द,हेटौँडा जेठ ३१।
नेपाली कथानक चलचित्र “२१ वर्ष” युनिटले हेटौडास्थित अनाथ आश्रम मामाघर नेपाललाई खाद्यान्न सहयोग गरेको छ । मामाघर नेपालले विगत केही वर्षदेखी सडकमा रहेका अनाथ बालबालिकालाई पुनस्थापना गर्ने कार्य गर्दै आहिरहेको छ ।

13444493_906447972814962_239277048_n

एक कार्यक्रम आयोजना गरी चलचित्र २१ वर्ष युनिटले मामाघर नेपाललाई चामल, चाउचाउ, विस्कुट लगाएत खाद्यान्न सामाग्री सहयोग हस्तान्तरण गरेको हो । कार्यक्रममा बोल्दै चलचित्र “२१ वर्ष”का निर्देशक जनक खड्काले मामाघर नेपालले उत्कृष्ट कार्य गर्दै आएको र यो सँस्थालाई सहयोग गर्ने कुनै दातृ निकाए नभएकोले आफूहरूलाई सहयोग गर्ने मनसाय भएको वताउँदै सरकारले गरिहाल्छ भनेर युवाहरू हेरेर बस्नु नहुने तर्क व्यक्त गरे ।

13446072_1028890677146998_1531718207_o

मामाघर नेपालका सचिव देवराज लामिछानेले मामाघर नेपालले हालसम्म छ सयभन्दा बढी सडक बालबालिकाहरूको पुनस्थापना गरिसकेको बताँउदै अहिले पनि सक्रिय रुपमा काम गरिरहेको बताए । निर्माता एँव वितरक सुनिल मानन्धरको निर्माणमा जुनिम गहतराज र सविना मगरको मगरको मुख्य भूमिका रहेको चलचित्र “२१ वर्ष” असोज ७ गतेबाट रिलिज हुँदैछ । उक्त सहयोग हस्तान्तरण कार्यक्रममा निर्देशक जनक खड्काका साथमा नायक जुनिम गहतराज र छाँयाकार सुमन कोइराला संचारकर्मी सूर्य चन्द आदिले आ–आफ्नो विचार प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend