साझा नेटवर्क
गणेश थापा,बाग्लुङ जेष्ठ ३१।
बागलुङ उद्योग बाणिज्य सँघ इकाई समिति बुर्तिबाङको उपशाखा खर्बाङको बैठक आईतबार सम्पन्न भएको छ । बैठकले यस उपशाखामा आवद्ध ब्यापारीबाट मासिक रुपमा रु ५० रुपैयाँ उठाउने निर्णय गरेको छ । यस्तै प्रत्येक महिनाको १ र १५ गते पसल बन्द गर्ने जनाएको छ । पसल बन्द भए नभएको अनुगमन गर्ने यदि पहिलोपटक पसल बन्द नगरेमा सुझाब दिने, दोस्रो पटक रु ५०० र तेस्रो पटक रु १००० रुपैया जरिवाना गर्ने निर्णय समेत गरेको छ।
यस्तै दगातुन्डाँडा गाबिस भित्र ब्यापार गर्ने पोके ब्यापारीलाई आगामी श्राबण १ गते देखि यस क्षेत्रमा ब्यापार गर्न रोक लगाइने भएको छ । यद्दपि अटेर गरि ब्यापार गरेमा पहिलो पटक सुझाब दिने, दोस्रो पटक रु ५०० र तेस्रो पटक समितिको निर्णय अनुसार कार्बाही गरिने जनाएको छ । प्रत्येक महिनाको १ र १५ गते बजार बन्द हुने दिन हाट बजार सञ्चालन गरिने सदस्य लाल बहादुर के.सी. ले जानकारी दिनुभयो । बैठक बागलुङ उद्योग बाणिज्य सँघ इकाई समिति बुर्तिबाङ अन्र्तगत उपशाखा खर्बाङका सँयोजक खगिश्वर अर्यालको अध्यक्षता तथा सचिब ज्योति पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend