logo
  • शनिबार, साउन ९ २०८३

“यमाहा पावर अफ डान्स” अडिसन राउण्ड सुरु हुदै


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

सुर्य चन्द, काठमाडौँ जेष्ठ ३१।
देशभरका नृत्य प्रतिभालाई समेटेर लाली गुरास कलाकेन्द्र भक्तपुरले राष्ट्र ब्यापी रुपमा यमाहा पावर अफ डान्स-१०१६ गर्ने भएको छ । यहि आउदो ११ गते असारबाट काभ्रेको बनेपाबाट यमाहा पावर अफ डान्स-१०१६ को प्रथम अडिसन सुरु हुने भएको छ ।
13410750_275555029461249_699210949_o
त्यसपछि असार १८ गते बुटवल, असार २५ गते हेटौडा, श्रावन १ गते पोखरा, श्रावन ८ गते इटहरी, श्रावन १५ गते ललितपुर, श्रावन २० गते भक्तपुर, हुदै श्रावन २१ र २२ गते काठमाडौँमा आएर अडिसन राउण्डको प्रतियोगी छनोट सकिने यस यमाहा पावर अफ डान्स-१०१६ का संयोजक तथा लाली गुरास कलाकेन्द्र भक्तपुरका संचालक इन्द्र बिसंकेले जानकारी गराए ।
pod
राष्ट्र ब्यापी रुपमा हुन लागेको यस यमाहा पावर अफ डान्स २०१६ को ओपन डान्स कम्पिटिसनमा सबै क्षेत्रका, सबै बर्गका अनि आफु संग कला भएर पनि प्रस्फुटन गर्न नपाएका देखि लिएर हर प्रकारका प्रतिभाहरुलाई स्थान दिएर सबैलाइ अवसर दिने कुरा संयोजक बिसंके बताउछन । उनका अनुसार बिजेताले यमाहा स्कुटर, ट्रफी, सर्टिफिकेट र टोकन अफ लभ र अन्य अवसरहरु पाउनेछ ।

त्यसैगरि दोस्रो हुनेले रु ७५,००० नगद, ट्रफी, सर्टिफिकेट र टोकन अफ लभ र अन्य अवसरहरु, तेस्रो उपाधि जित्नेले रु ५०,००० नगद, ट्रफी, सर्टिफिकेट र टोकन अफ लभ र अन्य अवसरहरु त्यसैगरी चौथो र पाचौ हुनेले स्मार्ट मोबाइल, ट्रफी, सर्टिफिकेट र टोकन अफ लभ र अन्य अवसरहरु पाउनेछन । साथै म्युजिक भिडियो, चलचित्रहरुमा समेत अभिनय गर्न समेत पाउने पनि उनले दाबि गरे । यस किसिमको प्रतियोगिताले यूवाहरुमा आत्माबिस्वास र प्रोत्साहन हुने आयोजकको दावी छ।

लाली गुरास कलाकेन्द्र भक्तपुर मुख्य आयोजक भएर सुरु गर्न लागिएको यस नृत्य प्रतियोगितामा क्रियटिभ इनसाइट मिडिया प्रालि र तेजस्वी कला केन्द्र किर्तिपुर सह आयोजकमा रहेका छन् त्यसैगरी ए बि सी टेलिभिजन टिभी पार्टनर रहेको छ । यमाहा पावर अफ डान्स-१०१६ लाइ राष्ट्र ब्यापी रुपमा एक उत्कृष्ट प्रतियोगिता बनाउन सबै आम नेपाली दाजुभाइ तथा दिदि बहिनिहरु संग सहयोग गरिदिन पनि आयोजक समितिले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend