साझा नेटवर्क
रविन मगर, कतार जेष्ठ ३१।
गत शुक्रवार मिति १० जुन २०१६ मा नेपाल मगर संघ, शाखा कतारको मातहतमा रहेको कला तथा सांस्कृति बिभाग र महिला विभागकोे प्रथम भेला सम्पन भएको छ । महिला बिभागका संयोजक ईसोरा थापा मगर र
कला तथा सांस्कृतिक विभागका का.वा. संयोजक गायत्री पुनमगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघ, शाखा कतारका केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगर र बिशिस्ट अतिथिहरुमा (२०१६÷०१७ )का लागि संस्कृतिक बाङ (राजा) हुनुहुन्थ्यो भने भेलाको सञ्चालन कला तथा संस्कृति बिभागका सचिव सोम थापा मगरले गर्नु भएको थियो ।
अन्य अतिथिहरुमा संस्थाका विभागिय संयोजकहरु विदेश विभाग संयोजक तथा प्रथम उपाध्यक्ष शेर रोका मगर, महासचिव विजय मगर, सचिव रविन मगर, संगठन सचिव बिबेक पुलामी मगर, सहकोषाध्यक्ष केशव घर्तिमगर , नेपाल मगर संघ, शाखा कतारका केन्द्रिय सल्लाहकारहरु जनक थापा मगर हुनु हुन्थ्यो ।
यस संस्थाको मातहतमा रहेको नेपाल प्रवासी मगर वचत कोषका अध्यक्ष केशव राना मगर, वक्रा एरिया समितिका कोषाध्यक्ष श्याम पुलामी मगर र मगर संघका मानार्थ सदस्यहरु टेक रसाईली, माईली माया तामाङ, रोशिका लामा हुनुहुन्थ्यो । यसै गरी कला तथा सांस्कृतिक विभागका सदस्यहरु तथा कलाकार तथा सदस्यहरु अन्य संघलाई माया गरी आउनु भएका शुभचिन्तकहरुको वाक्लो उपस्थिति रहेको थियोे ।
भेलामा शुभकामना मन्तव्य राख्ने क्रममा बक्ताहरुले यस विभागहरुले गरेको राम्रो कार्यहरुको प्रशंसा गर्दै अझ थप तरिकाले शसक्त ढंगमा अगाढी बढ्नका लागी प्रेरणाग दिनु हुंदै हार्दिक शुभकामना दिनु भएको थियो । महिला विभागले पनि दोहा कतारमा रहेका मगर महिलाहरुलाई एकताको मालामा उन्न्का लागी पहल गर्नका लागी हरेक तह तप्काका मगर दाजुभाई तथा दिदिवहिनीहरुलाई हार्दिक अनुरोध गरेका थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघ, शाखा कतारका केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगरले प्रवासमा रहेर पनि संघमा आवद्ध हुनु भएका मगर कलाकारहरु तथा गैर मगर कलाकारहरु यसरी गोलबद्ध भएर अगाढी बढ्नको लागि हार्दिक अनुरोध गर्नु भयो । यसरी नै कला तथा सांस्कृतिक विभाग र महिला विभागका सदस्यज्युहरुमा आ—आफ्नो क्षेत्रवाट एकजुट भएर मगर जातिको भाषा, धर्म, संस्कृतिहरुको जगेर्ना गर्नर आफ्नो हक, हित, अधिकारको लागि प्रवास वाट पनि बुलन्द पारेर लैजानु पर्ने कुरामा जोड दिंदै प्रवासमा रहेका मगरहरुलाई हार्दिक आह्वान गर्नु भएको थियो ।
भेलामा अहिले सम्मको सांगठनिक प्रतिवेदन सचिव सोम थापा मगरले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष कृष्ण सोराली मगरले प्रस्तुत गर्नु भएको थियो । भने महिला विभागको कोषाध्यक्ष लक्ष्मी घर्ति मगरले प्रस्तुत गर्नु भएको थियो । उक्त प्रतिवेदनहरुलाई भेलाले सामान्य संशोधन सहित पारित गरी अनुमोदनका लागी केन्द्रिय समितिको पांचौं राष्ट्रिय भेलामा अनुमोदनका लागी लैजानको पारित गरिएको थियो ।
अन्तमा, भेलाका सभापतिहरु म्हिला विभागका ईसोरा थापा मगर र कला तथा सांस्कृतिक विभागका का.वा. संयोजक गायत्री पुनमगरले संयुक्त रुपमा भेलामा उपस्थित हुने कला तथा सांस्कृतिक विभागका सदस्यज्युहरु, महिला विभागका सदस्यहरु, कलाकारहरु, केन्द्रिय समितिका पदाधिकारीहरुमा विशेष धन्यवाद दिनु भएको थियो । यस विभागहको प्रथम भेलामा दोहा कतारवासी सवै जनाले कार्यक्रममा उपस्थित भएर सहयोग गर्नु भएकोमा हार्दिक धन्यवाद सहित भेलाको समापन गर्नु भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend