logo
  • शनिबार, साउन ३० २०८३

नयाँ शक्ति नेपालको प्रचार-प्रसार आक्रमक


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौं, जेष्ठ ३० ।
पार्टी स्थापना घोषणा गर्ने दिन नयाँशक्ति नेपालले प्रचार-प्रसारलाई आक्रमक बनाएको छ । राजनीतिक पार्टीले गरेको पहिलो प्रयोगका रुपमा आइतबार देशका प्रमुख दैनिक पत्रिकाहरुमा दुई-दुई पेज विज्ञापन छापिएका छन ।
naya-shakti1
आइतबार प्रकाशित नयाँ पत्रिका, कान्तिपुर, राजधानी, नागरिक, अन्नुपर्ण, दि हिमालय टाइम्स, अभियान र कारोबार दैनिकलगायतको कभर पेजमा नयाँशक्तिको विज्ञापन छापिएका छन् । यी सबैपत्रिकाले दोस्रो पेजमा पनि पूरापृष्ठको विज्ञापन छापिएको छ ।

फिल्म हलमा पनि नयाँशक्तिले चलचित्रका दर्शकमाझ प्रचार गरेको छ । राजधानीमा चलिरहेको गाजलु चलचित्रको प्रारम्भ र मध्यान्तरमा नयाँशक्तिको विज्ञापन देखाइएको दर्शकले जानकारी दिए ।

अन्य पार्टीहरुले महाधिवेशनमा गर्नेजसरी पर्चा पम्प्लेटिङ कमै गरिएको छ । यसको साटो टेलिभिजन र दैनिक पत्रपत्रिकामा पूरा पृष्ठको विज्ञापन छापेर नयाँ शक्तिले प्रचारको ‘कर्पोरेट’ विधि अपनाएको छ । आइतबार रंगशालामा नयाँशक्तिले पार्टी घोषणा कार्यक्रमको आयोजना गर्दैछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend