logo
  • शनिबार, साउन ३० २०८३

थोरै बक्यौता रकम बुझ्न मान्दैन बिद्युत प्राधिकरण धेरै छैन


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

टोपलाल अर्याल/तिलाचन पाण्डे, गुल्मी जेठ २९।aaa
नेपाल बिद्युत प्राधिकरण वितरण शाखा गुल्मीले बिगत २ महिना देखि ग्राहकको बक्यौता रकम उठाउन संचार माध्यमहरुबाट सुचना प्रसारण गरेको थियो । तर त्यहि बक्यौता रकम बुझाउन जाँदा प्राधिकरणले थोरै भयो भन्दै नबुझ्ने गरेको सेवाग्राहीहरु बताउँछन् । बक्यौता रकम धेरै भएका स्वास्थ्य संस्था मध्ये जुहाङ प्राथमिक स्वास्थ्य केन्द्रका खिम बहादुर पाण्डेले आफुले सक्ने केहि रकमको चेक लगेर जाँदा रिडी शाखाले बुझ्न नमानेको बताउनुभयो ।

पाण्डेयका अनुसार स्थापनाकाल २०५७ साल देखिको ९ लाख ६२ हजार बिद्युत महसुलको बक्यौता बाँकी रहेको छ । अघिल्लो बर्ष एक लाख तिरेको बताउँदै पाण्डेयले आफुहरुसंग तिर्न सक्ने स्रोत नभएको तर सवै खर्चको अख्तीयारी जनस्वास्थ्य कार्यालय संग हुँदा ठुलो रकम बक्यौता रहेको बताउनुभयो ।

प्राधिकरणले पटक पटक ताकेता गरिहेको छ । यदि कार्यालयको लाइन काटे आफुहरुका इसिजी ल्याप तथा डेलीभरी महत्वपुर्ण सेवा प्रभावित हुने उहाँले बताउनुभयो । त्यस्तै रिडी प्राथमिक स्वास्थ्य केन्द्रका ल्याव टेक्निसीयन सुरेश श्रेष्टले पनि थोरै रकम प्राधिकरण रिडी शाखाले बुझ्न नमानेको बताउनुभयो ।

रिडी प्राथमिक स्वास्थ्य केन्द्रको पनि ४ लाख बढी बक्यौता रकम रहेको बिद्युत प्राधिकरण वितरण शाखा गुल्मीका सुपरभाइजर बिनोद बानियाँले बताउनुभयो । त्यस्तै श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रको पनि साढे दुई लाख बक्यौता रकम छ । उसको पनि सवै बक्यौता तिर्न सक्ने कुनै स्रोत छैन्, तर थोरै रकम बिद्युत प्राधिकरण बुझदैन् ।

श्रृङ्गा स्वास्थ्य केन्द्र प्रमुख बर्षा पौडेलले एक पटक ६० हजार मात्र बुझाएको बताउँदै फेरी लाइन काट्ने सुचना प्राधिकरणले पठाएको बताउनुभयो । कुनै स्रोत आफूहरुसंग नभएकाले महसुल बुझाउन नसकेर लाइन काटिए सवै स्वास्थ्य् सेवा ठप्प हुने उहाँको भनाई छ । प्राधिकरणका लेखा प्रमुख महेन्द्र कोइरालाले महसुलको म्याद कटेको ३ महिनामा लाइन काटेर रकम असुली गर्ने व्यावस्था रहेको बताउनुभयो ।

उहाँले आपसी समझदारीमा धेरै पहिलेको बक्यौता रकम पनि नउठाउने परिपाटीले गर्दा उठाउने र तिर्ने दुवै पक्षलाई समस्या भएको बताउनुभयो । कोइरालाले बाँकी बक्यौताको न्युनतम ५० प्रतिशत रकम मात्र बुझ्न सकिने बताउनुभयो । जिल्लाकगा केहि सरकारी तथा गैरसरकारी कार्यालयहरुले पनि लामो समय देखि महसुल बुझाएका छैनन् ।

राजनिति दलका पार्टी कार्यालयहरुले पनि ठुलो बक्यौता रकम बुझाउन बाँकी रहेको छ । स्थानीय रमेश विकले विभिन्न दल निकट भएर जिल्ला आउँदा पार्टी कार्यालयहरुका बक्यौता रकम उठाउन नसक्ने गरेको बताउनुभयो । उहाँले पछिल्लो समय आकाशमा बादल देखिना साथ लाइन जाने गरेको समेत गुनासो गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend