logo
  • शनिबार, साउन ३० २०८३

श्रृंगा प्राथमिक स्वास्थ्य केन्द्रको सामाजिक परिक्षण सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

टोपलाल अर्याल, गुल्मी जेठ २८ ।
जिल्ला जनस्वास्थ्य कार्यालयको आर्थिक सहयोगमा जनविकास केन्द्रले गुल्मी क्षेत्र नं २ को श्रृंगा प्राथमिक स्वास्थ्य केन्द्रको सामाजिक परिक्षण गरेको छ । स्वास्थ्य संस्थाहरुले प्रवाह गर्ने सेवा सुविधा र सो को गुणस्तरीयताका बिषयमा सामाजिक परिक्षण गरिएको थियो ।

कार्यक्रममा गाउँघर किल्नीक, खोपसेवा, स्वास्थ्य सेवा, आमा सुरक्षा कार्यक्रम, प्रसुति सेवा, उपकरण व्यावस्थापन, निशुल्क औषधीको अवस्था, कर्मचारी दरबन्दी, भौतिक सम्पती लगायतका बिषयमा छलफल गर्नुको साथै उठेका सवाल माथी प्रतिबद्धता समेत गरिएको छ । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका कोल्चेन सुपरभाइजर बोम अर्यालको प्रमुख आतिथ्यता रहेको थियो । साथै श्रृंगा प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर बर्षा पौडेलको बिशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रम स्वास्थ्य संस्था व्यावस्थापन समितिका देवनारायण ज्ञवालीको अध्यक्षता तथा जनविकास केन्द्रको एलजिसिडीपी कार्यक्रम प्रमुख बिन्दु मरासिनीको संचालनमा सम्पन्न भएको थियो । उक्त संस्थाको सामाजिक परिक्षण सामाजिक परिक्षक लक्ष्मी भण्डारीले गर्नुभएको थियो ।

स्वास्थ्य संस्था प्रमुख, व्यावस्थापन समितिका पदाधिकारी, सर्वदलिय संयन्त्र, लक्षित समुदायका प्रतिनिधी नागरिक सचेतना केन्द्रका प्रमुख, वडा नागरिक मन्चका प्रतिनिधी तथा सरोकारवाल सवैको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend