साझा नेटवर्क
अनिश शर्मा गैरे, गुल्मी जेष्ठ २८ ।
गुल्मीको वामी गाविस वडा नं. २ तिम्लेचौरमा रहेको बाल शिक्षा प्राथमिक विद्यालयको शैक्षिक स्तर उकास्न भन्दै अङग्रेजी माध्याम सञ्चालन गर्नको लागी एक जना शिक्षा प्रेमीले आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।
वामी गाविस वडा नम्बर २ तिम्लेचौर निवासी हाल रोजगारीको शिलशिलामा हाल अष्ट्रेलियामा कार्यरत रहनु भएका जनकराज गौतमले विद्यालयमा अङग्रेजी माध्यमका पठनपाठनको लागि एक शिक्षकको पारिश्रिक बराबरको रकम शैक्षिक सत्र २०७३ देखी लागु हुने गरी सहयोग गर्नुभएको हो । उहाँँको सहयोग अनुसार अब अङ्ग्रेजी माध्यममा शिक्षण गर्ने एक शिक्षकले मासिक रुपमा रु.८ हजारका दरले नगद पाउने छ ।
विद्यालयमा आर्थिक अभावले गर्दा शैक्षिक गुणस्तर वृद्धि हुन नसकेको अवस्थामा गौतमको सहयोगले विद्यालयको गुणस्तर वृद्धि हुने विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्मर बहादुर मल्लले बताउनुभयो । साथै सहयोग रकमले विद्यालयको शैक्षिक क्षेत्रमा ठूलो सहयोग पुग्ने विद्यालयका प्रधानाध्यापक पार्वती खरालको भनाई छ । साथै गौतमले केहि समय अगाडी विद्यालयको स्तरोन्नतीकै लागी नगद रु. १ लाख सहयोग प्रदान गरिसक्नु भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend