साझा नेटवर्क
दिपक न्यौपाने, बुटवल जेष्ठ २८।
रुपन्देहि पुल तथा स्नुकर सघंले दोस्रो रगंशाला खुल्ला राष्ट्रब्यापी स्नुकर प्रतीयोगीताको बिजेता खेलाडी रेगन श्रेष्ठलाइ सम्मान गर्ने भएको छ । श्रेष्ठलाइ शनिबार बिहान मोटरसाइकल र्याली सहित सम्मान गर्ने जिल्ला अध्यक्ष हरि क्षेत्रीले जानकारी दिए ।
रुपन्देहिबाट प्रतिनिधित्व गर्दै बिजयी भएका श्रेष्ठले काठमाण्डौमा भएको फाइनल खेलमा राज कपालीलाइ बेष्ट अफ इलाभेनमा ६—१ को सेटमा पराजीत गरेका हुन । उनले उपाधी सगै १ लाख नगद हात पारेका थिए । प्रतीयोगीतामा २२ जिल्लाका ६४ जना खेलाडीको सहभागीता रहेको थियो ।
बिजेता खेलाडीलाइ अझ हौसला प्रदान गर्न बुटवल ट्राफिकचोकबाट मोटरसाइकल र्याली शुरु गरी बुटवल परिक्रमा गराइने पनी क्षेत्रीले जानकारी दिए । र्याली बिहान १० बजे नै शुरु हुने भएकाले सम्पुर्ण स्नुकर प्रेमी तथा खेलप्रेमिहरुलाइ र्यालीमा सहभागीता जनाइदिन पनी पुल तथा स्नुकर सघंले आग्रह गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend