logo
  • शनिबार, साउन ३० २०८३

अग्नि पिडितहरुको सहयोगार्थ झण्डै डेढ करोड संकलन


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अनिल खत्री, गुल्मी जेठ २८ ।
वडागाउँका अग्नि पिडितहरुको सहयोगार्थ झण्डै डेढ करोड सहयोग रकम संकलन भएको छ। गत बैशाख १८ गते वडागाउँमा गाउँ नै ध्वस्त हुनेगरी लागेको आगोलागीबाट ७१ वटा घरगोठ जल्दा ठुलो जनधनको क्षती भएको थियो ।
Badagau aago-9
शुक्रवार सदरमुकाम तम्घासमा सम्पन्न जिल्ला विपद समितीको बैठकमा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँणेलले वडागाउँका अग्नि पिडितहरुको सहयोगार्थ जिल्ला वासी र जिल्ला बाहिरबाट बिभिन्न संघ संस्थाहरुबाट प्राप्त भएको नगद रु १ करोड ४८ लाख सहयोग रकम संकलन भएको जानकारी गराउनु भएको थियो ।

जिल्ला बिपद समितीका अध्यक्ष समेत रहनु भएका प्रमुख जिल्ला अधिकारी कँणेलले आगोलागी प्रभावित क्षेत्र र जिल्लाका अन्य दैबिक प्रपोकहरुको वारेमा हाल सम्म भएको बिभिन्न कार्यक्रमहरुको वारेमा समेत बैठकमा जानकारी गराउँनु भएको थियो ।

गुल्मीमा रहेको गोल्वल आइएमइ बैकमा वडागाउँ अग्निपिडित राहत संकलन तथा वितरण समितीको नाममा उक्त रकम संकलन गरिएको प्रमुख जिल्ला अधिकारी कँणेलले जानकारी दिनुभयो । स्थानिय राजनितीक दल, समाजसेवी व्यक्तित्वहरुको संयोजनमा उक्त रकम खातमा राखिएको बताइएको छ ।

समितीले उक्त रमकलाई जिल्ला विपद समितीबाट एउटा मापदण्ड बनाई बितरण गर्ने स्थानिय समाजसेवी हरि छन्तेलले जानकारी दिनुभयो । अग्नि प्रभावित क्षेत्रमा नगद वाहेक बिभिन्न संघ संस्थाहरुले जिन्सी सामानहरुको पनि सहयोग गरेका छन् । बैठकले वर्षा याम शुरु हुन लागेकोले पूर्व तयारीको बारेमा समेत छलफल भएको थियो ।

बैठकमा जिल्ला भुसंरक्षण गुल्मीका कार्यलय प्रमुख बिनोद ज्ञवालीले आफ्नो कार्यलयबाट भइरहेका कार्यक्रमहरुको बारेमा समेत जानकारी गराउनु भएको थियो । जिल्लामा आगोलागीबाट घरगोठ जल्दा करिव १० करोड भन्दा वढी क्षती भएको थियो । आगालागीेबाट क्षती भएका घर बंगाला तथा पशुपंक्षीहरुबाट उक्त रकम क्षती भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend