logo
  • शनिबार, साउन ३० २०८३

उपराष्ट्रपति पुन चीन प्रस्थान


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौं, जेष्ठ २८।
उपराष्ट्रपति नन्दबहादुर पुन ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज चीनको साताव्यापी भ्रमणमा सिचुवान प्रान्तको छिन्दुतर्फ प्रस्थान गरेका छन् ।

pun 2 युनान प्रान्तको राजधानी कुन्मिङमा यही जेठ ३० देखि असार ३ गतेसम्म आयोजना हुने चौथो चीन–दक्षिण एसिया मेला र चौबीसौँ चीन कुन्मिङ आयात–निर्यात व्यापार मेलामा भाग लिन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।

विमानस्थलमा उपराष्ट्रपतिलाई उपप्रधानमन्त्री चित्रबहादुर केसी, मन्त्रीगण, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, मुख्यसचिव, प्रधानसेनापति, नेपाल सरकारका सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखले बिदाई गरे । यसअघि नेपाली सेनाको एक टुकडीले उपराष्ट्रपतिलाई सम्मानगारत अर्पण गरेको थियो ।
pun
भ्रमण टोलीमा उपराष्ट्रपतिकी धर्मपत्नी हस्तमाली, उपराष्ट्रपति कार्यालयका सचिव राजेन्द्रकिशोर क्षेत्री, उपराष्ट्रपतिको स्वकीय सचिव सुकबहादुर रोका, उपराष्ट्रपतिको प्रेस संयोजक घर्ती, उपराष्ट्रपतिका पाश्र्ववर्ती प्रमुख सेनानी मनोजकुमार सिलवाललगायत ११ जना छन् ।

यसैगरी भ्रमण टोलीमा परराष्ट्र मन्त्रालयका नायब शिष्टाचार महापाल सुरेन्द्र थापा र शाखा अधिकृत जनक सिंह, प्रधानमन्त्री कार्यालयका उपसचिव अञ्जानकुमार मिश्र, उपराष्ट्रपति कार्यालयका खरिदार सृष्टि शाक्य र भाषा अनुवादक डा. हरिशचन्द्र शाह छन् । रासस

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend