साझा नेटवर्क
कमल पौडेल, (खर्वाङ) बागलुङ जेष्ठ २८ ।
अव प्रत्येक महिनाको एक र पन्ध्र गते खर्वाङ बजार वन्द हुने भएको छ। बुधवार उद्योग वाणिज्य संघ बुर्तिवाङ इकाई समितिको पहलमा खर्वाङमा भएको स्थानिय व्यावसायी हरुको भेलाले सो निर्णय गरेको हो ।
त्यस्तै भेलाले वजारलाई थप व्यावस्थीत गर्दै व्यावसाय प्रवद्र्धन गर्ने उद्धेश्यले वुर्तिवाङ इकाई समिति अन्तर्गत खर्वाङ इकाई उप समितिको गठन गरेको छ। जसको संयोजकमा इकाई समितिका सदस्य खगिश्वर अर्याल (विष्णू) रहनु भएको छ। त्यस्तै उपसंयोजकमा डालेश्वर भुषाल, सचिवमा ज्योति पोखरेल, कोषाध्यक्षमा विष्णु के.सि., सदस्यहरुमा वावुराम जि.सि., लाल वहादुर के.सि., हरि घिमिरे, प्रेमलाल अर्याल र दोर्ण वन रहनु भएको छ।
त्यस्तै भेलाले हरेक महिनाको एक र पन्ध्र गते वजार वन्द हुँदा अनिवार्य रुपमा हाटवजार संचालन गर्ने र प्रत्येक पसलको अनिवार्य सहभागिता गराउने समेत निर्णय गरेको छ। भने व्यावसायीहरुलाई तत्काल पसलको दर्ता, नविकरण गर्न, आन्तरिक राजस्व कार्यालयमा दर्ता गर्न समेत अनुरोध गरेको छ।
भेला उद्योग वाणिज्य संघ वुर्तिवाङ इकाईका अध्यक्ष चिन्तामणि शर्माको अध्यक्षता तथा सदस्य खगिश्वर अर्याल (विष्णु) को संचालनमा सम्पन्न भएको थियो । यस्तै उद्योग वाणिज्य संघ वुर्तिवाङ इकाई समितिले प्रत्येक महिनाको १ र १५ गते बागलुङ क्षेत्र नं. ३ का होटल र औषधि पसल वाहेकका सवै व्यावसाय वन्द गर्ने निर्णय समेत गरेको
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend