logo
  • शनिबार, साउन ३० २०८३

क्यान्सर पिडित नेपालीलाई सहयोग


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अनिल खत्री, गुल्मी जेठ २८।
दाँया खुट्टामा क्यान्सर रोगmangal-500x600 लागेर उपचार गराएका क्यान्सर पिडित नेपालीलाई नेपालबाट दुवईमा रहेका नेपालीहरुले सहयोग गरेका छन् । क्यान्सर गुल्मी हस्तिचौर, ६ का कर्ण बहादुर नेपालीका छोरा २४ वर्षका मंगल नेपालीलाई नेपालबाट रोजगारिको शिलसिलामा रहेका नेपाली युवाहरुले रु ११ हजार ७ सय सहयोग गरेका हुन ।

श्री मनाकामना संस्थामा रहेका भुपराज खनाल, लक्ष्मण पन्थ, लिलामणी खनाल, नारायण सुवेदी, निमबहादुर नेपाली, पुष्पा, राज पौडेल, कँडेल शर्मा, यज्ञनाथ पन्थ, प्रतापशिंह नेपाली, गिता अधिकारी र भगवती न्यौपानेबाट सहयोग भएको नेपालीले बताए ।

आर्थीक अभावका कारण थप उपचार गर्न समस्या भएको भन्ने खबर आएपछी उनलाई गुल्मीबाट रोजगारिको शिलसिलामा रहेका निमबहादुर नेपालीको सक्रियतामा उक्त रकम सहयोग गरेको नेपालीले बताए । नेपालीले चितवन स्थित बिपी कोईराला मेमोरीयल क्यान्सर अस्पताल भरतपुरमा उपचार गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend