साझा नेटवर्क
टोपलाल अर्याल,गुल्मी जेठ २७ ।
जिल्ला जनस्वास्थ्य कार्यालयको आर्थिक सहयोगमा ग्रामिण साझेदारी विकास केन्द्रले गुल्मी क्षेत्र नं ३ का विभिन्न स्वास्थ्य संस्थाहरको सामाजिक परिक्षण गरेको छ । पुर्कोटदह, भनभने, हाडहाडे र धुर्कोट प्राथमिक स्वास्थ्य संस्थाको सामाजिक परिक्षण गरिएको सामाजिक परिक्षक रामप्रसाद खनालले जानकारी दिनुभयो ।
स्वास्थ्य संस्थाहरुले प्रवाह गर्ने सेवा सुविधा र सो को गुणस्तरीयताका बिषयमा गत जेठ २० देखि २६ गते सम्म अध्ययन तथा अवलोकन भएका थिए । कार्यक्रममा गाउँघर किल्नीक, खोपसेवा, स्वास्थ्य सेवा, आमा सुरक्षा कार्यक्रम, प्रसुति सेवा, उपकरण व्यावस्थापन, निशुल्क औषधीको अवस्था, कर्मचारी दरबन्दी, भौतीक सम्पती लगायतका बिषयमा छलफल गर्नुको साथै उठेका सवाल माथी प्रतिबद्धता समेत गरिएको छ ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रतिनिधी, स्वास्थ्य संस्था प्रमुख, व्यावस्थापन समितिका पदाधिकारी, सर्वदलिय संयन्त्र, लक्षित समुदायका प्रतिनिधी नागरिक सचेतना केन्द्रका प्रमुख, वडा नागरिक मन्चका प्रतिनिधी तथा सरोकारवाल सवैको उपस्थिती रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend