साझा नेटवर्क
अनिल खत्री, गुल्मी जेठ २७ ।
बिप्लब नेतृत्व नेकपा माओवादीले गरेको बन्दका कारण गुल्मीको जनजिवन प्रभावित भएको छ । बन्दका कारण गुल्मीबाट छुटने छोटो तथा लामो दुरीका सवारी साधनहरु छुटेका छनैन् । बन्दबाट बजार, शिक्षण संस्था,उद्योगधन्दाहरु पूर्ण रुपमा ठप्प भएका छन् ।

जिल्लाको सदरमुकाम तम्घास बजार सहित ग्रामीण भेगमा रहेका मुख्य व्यापारिक केन्द्र शान्तिपुर,रिडी,वामीटक्सार,भुवाचिदी,वलेटक्सार,सिमलटारी लगायतका स्थानका बजारहरु पनि बन्द रहेको नेकपा माओवादी गुल्मीका खिम खड्काले जानकारी दिनुभयो ।
गुल्मीमा बन्दलाई कसैले अबज्ञा नगरेकोले शान्तिपूर्ण रुपमा बन्द सफल भईरहेको खड्काले जानकारी दिनुभयो । आफ्ना पार्टीका जिल्लास्तरीय नेता–कार्यकर्ताहरु सरकारद्धारा गिरफ्तारपछि लामो समयसम्म पनि रिहा नभएपछि विप्लव माओवादीले बाध्य भएर बन्द कार्यक्रम राखेको बताएको छ ।
आफ्नो पार्टीले राष्ट्रिय अतिक्रमणकारी र राष्ट्रघाती दलाल तत्वहरुका विरुद्ध संघर्ष गर्दा यो सरकारलाई सह्य नभएको, देशमा डरलाग्दो रुपमा मौलाएको भ्रष्टाचार, कालोबजारी कमिशन, कृत्रिम अभाव र आकाशिदो मूल्यवृद्धिका विरुद्ध संघर्ष गर्दा आफ्ना कार्यकर्ताहरुलाई राज्यले जेलमा थुन्नु निकै दुखलाग्दो भएको भन्दै यस्तो हर्कतका विरुद्ध संघर्षको कार्यक्रम राख्नु परेको बताएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend