साझा नेटवर्क
अनिश शर्मा गैरे, वामी गुल्मी जेष्ठ २७ ।
धैलागीरी सामुदायिक श्रोत बिकास केन्द्र डिसीआरडिसी शाखा कार्यालय वामीको आयोजनामा केन्द्रको गोष्ठि तथा केन्द्र मुल्याङ्कनको लागी एक दिने अन्तरक्रिर्या कार्यक्रम सम्पन्न भएको छ ।
केन्द्र नम्बर ५६ का प्रमुख आशा कुमारी काउचा श्रीसको सभापतित्व रहेको गोष्ठिमा वामीका गाबिसका गाबिस सचिब सुर्य बहादुर सोमैको प्रमुख आतिथ्यता तथा केन्द्रिय कार्यालयका सल्लाहकार डा. सुदर्शन सिलवाल तथा केन्द्रिय समितिका कार्यक्रम प्रबन्धक बिपलभ शर्माको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेस वामीका सभापति सुदर्शन शाक्य, नेकपा एमाले वामीका अध्यक्ष गोपिकृष्ण खरेल लगायतले आफ्नो धारणा राख्नुभएको थियो ।
गोष्ठिले उत्कृष्ट केन्द्रको रुपमा इन्द्रणी धौलागिरी सामुदायिक बचत केन्द्र जलजला, द्धितिय मा एकता समुह बडागाँउ तथा तृतिय केन्द्रको रुपमा फुलबारी समुह रनसिाहँ किटेनीलाई पुरस्कृत गरेको छ । त्यसैगरी प्रगतिशिल केन्द्रको रुपमा तिन केन्द्रहरु सुनगाभा समुह रनसिँह किटेनी, नेटाको छत्रभुमी समुह र प्रगतीशील आमा समुह वामीले अवार्ड प्राप्त गरेका छन । कार्यक्रममा शाखाको गतिबिधिहरुको बारेमा शाखाका बरिष्ठ शाखा प्रबन्धक सिर्जना शर्माले बिबरण प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा वामी तथा आसपासका बिभिन्न क्षेत्रका समाजसेबी, बुद्धिजिवि, बैंक तथा बित्तिय संस्थाका प्रतिनिधिहरु ल्गायतको उपस्थिती रहेको थियो । कार्यक्रममा वामी शाखाका कर्मचारी मिलन काउचाको स्वागत तथा कर्मचराी कृष्ण पौडेलको सञ्चालन रहेको थिया । डिसीआरडिसीका देशभर ६ जिल्लामा २० ओटा शाखाले लघुबित्तको क्षेत्रमा कार्य गरिरहेका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend