साझा नेटवर्क
कुमार “अविरल” पन्थी ।
छोटो समयमा नै गित संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल बसन्त फिल्मस् प्रा.लि.ले पछिल्लो समयमा विभिन्न गितहरु बजारमा पस्कीरहेको छ । यसै क्रममा भर्खरै मात्र लक्ष्मण पौडेलको नयाँ लोक दोहोरी गीति एल्बम सार्वजनिक भएको छ ।

नेपाली गित सङ्गीतमा माया प्रेम, मिलन, बिछोडका विषय वस्तुलाई मध्य नजर गर्दै गितहरु तयार हुने क्रम बढिरहेको बेला पौडेलको “एक्लै एक्लै हास्छ यो मन” नामक एल्बम युटुब मार्फत सार्बजनिक भएको हो।
“एक्लै एक्लै हास्छ यो मन, एक्लै एक्लै रुन्छ” बोलको गीतमा लोक तथा दोहोरी गायक कुलेन्द्र बिक र गायिका जमुना सनमले स्वर दिएका छन । साथै उक्त गीतमा संकर शर्माको शब्द एवम रामु नेपालीको लय रहेको छ ।
बसन्त फिल्मस प्रा.लि.ले बजार ब्यबस्थापन गरेको गितको भिडियोमा रन्जिता गुरुङ र बुद्द्बिरले अभिनय गरेका छन । बिक्रम चौहानको निर्देशन रहेको भिडियोलाई मुकेस हुमागाईले छायाँकन तथा नविन घर्ति मगरले सम्पादन गरेका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend