साझा नेटवर्क
प्रेम सुनार,गुल्मी जेठ २६ ।
गए राती गुल्मीको छापाहिलेमा चट्याङ्ग लागेर एक वालिकाको मृत्यु भएको छ । छापाहिले गाविस वडा नम्वर–२ स्थित सोमबहदुर बिककी १३ वर्षिया छोरी मिना बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी हिजो दिउँसो करिव ४ वजेको समयमा सोही गाविकाृ वडा नम्वर–३ स्थित आफ्नै काकाको घरमा गएको वेल एक्कासी चट्याङ्ग लागेर बेहोस अवस्थामा लडेकी थिईन ।
उनलाई उपचारका लागि स्थानिय मेडिकलमा लगिएको , त्यहाँबाट तम्घास अस्पतालमा रिफर गरिएको र वाटोमा आउँदै गर्दा रातको करिव साढे ११ वजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता डिएसपी महेन्द्र नेपालले बताए । स्थानियवासीका अनुसार मृतक वालिकाको परिवारमा आर्थिक अवस्था अत्यन्तै दयानिय रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend