साझा नेटवर्क
अनिल खत्री, गुल्मी जेठ २६ ।
गुल्मीको सदरमुकाम तम्घासमा रहेको हाटबजार निर्माण भएको ३ वर्ष सम्म पनि सञ्चालनमा आएको छैन् । कृर्षकहरुले उत्पादन गरेका बस्तुहरुलाई सहज रुपमा बिक्री बितरण गर्ने उदेश्यले निर्माण गरिएको गुल्मी तम्घास बजार नजिकै चारीखोलामा निर्माण गरिएको हाटबजार निर्माण भएको ३ बर्ष बिती सक्दा पनि अझै संचालनमा आउन सकेको छैन ।

गुल्मीको सदरमुकाम तम्घास चिदीचौर खेल मौदानको बिस्तारको क्रममा पुरानो ठाउबाट हटाई नयाँ ठाउँमा निर्माण गरिएको हाट बजार निर्माण कार्यपुरा हुँदा समेत सञ्चालनमा आउँन सकेको छैन् । हाट बजार सञ्चालनमा नआउँदा कृषकहरुले उत्पादन गरेका बस्तुहरु जवजस्ती बजारमा बिक्री गर्न बाध्य भएका छन् ।
हाटबजार निर्माणका लागीजिल्ला कृर्षि बिकास कार्यलय गुल्मीको १४ लाख ,जिल्लाबिकास समिति गुल्मीको ८ लाख,जिल्लापशु सेवा कार्यलर्यको १० लाख र रेसुङ्गा नगरपालिका कार्यलयको ५ लाख गरी कुल ३७ लाख लगानीमा निर्माण गरिएको हाट वजार अझै सम्म पनि संचालनमा आउँन सकेको छैन् । हाटबजार वरपर अहिले मानिसहरु जम्माभएर गफगर्ने थलो त बनेको छ । हाट बजारको सञ्चालन गर्न निर्माण गरिएको भवन सञ्चालनमा नआउँदा कृषक तथा सर्बसाधरणहरुले गुनासो गर्न थालेका छन् ।
निर्माण समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार कृषकहरुले उत्पादन गरेका बस्तुहरुलाई सहज रुपमा बिक्री वितरण गर्नका साथै कृषकहरुले उत्पादन गरेको बस्तु बिचौलियाहरुले नाफा कमाउने गरेकोले किसानहरु सधै मर्कामा पर्ने भएकाले त्यसको अन्त्य गर्नका लागी निर्माण गरिएको भएता पनि कस्ले र कसरी सञ्चालनगर्ने भन्ने बिषयमा कुरा नमिलेका कारण अस्त ब्यस्त बनेको श्रेष्ठले जानकारी दिनुभएको छ ।
जिल्ला बिकारस समिति गुल्मीका सुचना अधिकृत शंकरप्रसाद गौतमका अनुसार अहिले सम्म उपभोक्ताहरुलाई संचालन गर्नुहोस भन्दा आना कानी भएकाले संचालमा आउन नसकेको र अबको केही दिन भित्रै बैठक बसी हाटबजार संचालको बारेमा निर्णय लिईने गौतमले जानकारी दिनुभयो । तम्घासको चिदीचौरमा रहदा भने प्रत्येक शनिवार नियमित रुपमा हाट बजार सञ्चालनमा आएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend