साझा नेटवर्क
काठमाडौ, जेष्ठ २५।
राष्ट्रिय सम्मानका साथ वरिष्ठ संगीतज्ञ अम्बर गुरुङको मंगलबार अन्तिम संस्कार सम्पन्न गरिएको छ। प्रधानमन्त्री केपी ओलीले शोक सन्देशमा गुरुङको निधनले स्तब्ध तुल्याएको बताए।

“उहाँको निधनबाट नेपाली संगीत सिर्जनाको क्षेत्रमा अपूरणीय क्षति पुगेको छ,” ओलीले वक्तव्यमार्फत भने। संगीतकर्मी, साहित्यकार, राजनीतिक पार्टीहरु, र संगीतप्रेमी लगायत सिंगो देशले नै उनीप्रति श्रद्धान्जली अर्पण गरिरहेको छ। अन्न नलीमा आएका स्वास्थ्य समस्याका कारण उनको मंगलबार बिहान करीब साढे २ बजे निधन भएको थियो।

श्रद्धाञ्जली
दिउँसो गुरुङको पार्थिव शरीरलाई नेपाल प्रज्ञा प्रतिष्ठान ल्याईएको थियो, जहाँ बौद्ध संस्कार अनुसार प्रार्थना गरिएको थियो।त्यहाँ उनीप्रति श्रद्धान्जली अर्पण गर्न उपराष्ट्रपति नन्दकिशोर पुन, अर्थमन्त्री विष्णु पौडेल, पूर्वसभामुख सुवास नेम्वाङ, पूर्वराष्ट्रपति रामवरण यादव लगायत सयौं शुभेच्छुकहरु पुगेका थिए।
रक्षामन्त्री भीम रावलले राष्ट्रिय सम्मानका साथ गुरुङको अन्त्येष्टि गरिने बताएका थिए।“उहाँ नेपालका एक महान संगीतकार हुनुहुन्थ्यो। त्यस्तो व्यक्तिलाई नेपाल सरकारले जुन किसिमको सम्मान दिन्छ, हामी त्यो दिन्छौं,” उनले भने।वहाँ नेपालका एक महान संगीतकार हुनुहुन्थ्यो।
त्यस्तो व्यक्तिलाई नेपाल सरकारले जुन किसिमको सम्मान दिन्छ, हामी त्यो दिन्छौंरक्षामन्त्री भीम रावल शास्त्रीय, लोक र पश्चिमा संगीतका ज्ञाता मानिने गुरुङप्रति श्रद्धान्जली अर्पण गर्न संगीतकर्मीहरुको घुईंचो थियो भने केही संगीतकर्मीले प्रज्ञा प्रतिष्ठानमै उनका रचनाहरु गाएका थिए।उनको पार्थिव शरीरलाई दाहसंस्कारका लागि पशुपतितर्फ लैजाँदा उनका गीतका शब्दहरु लेखिएका प्लाकार्डहरु बोकेका मानिसहरु शवयात्रामा सम्मिलित थिए।
राष्ट्रिय सम्मान
हिन्दु र बौद्ध संस्कृति अनुसार उनको अन्तिम संस्कार गरिएको थियो भने बाँकी संस्कारमा पनि दुबै धर्मलाई अवलम्बन गरिने उनका छोरा किशोर गुरुङले बताए।“हामी तीन छोरा पाँच दिनसम्म पशुपतिमा रहने छौं।
हिन्दु धर्म अनुसार संस्कार गरिनेछ भने बौद्ध संस्कार पनि संगसंगै गर्नेछौं,” गुरुङले बताए।लामो समयदेखि पार्किन्सन्स लगायतका रोगबाट पीडित गुरुङको उपचार खर्च सरकारले व्यहोर्ने बताएको गुरुङको परिवारले जानकारी दिएको छ। पशुपतिमा रक्षामन्त्री भीम रावलले उनको पार्थिव शरीरमाथि नेपालको झण्डा ओढाएर उनीप्रति सम्मान अर्पण गरेका थिए।
नेपाली सेनाका मानार्थ महासेनानी रहेका गुरुङप्रति पशुपतिको आर्यघाटमा बेलुकी करीब ५ बजे सबै फोजका टुकडीको उपस्थितिमा नेपाली सेनाले अन्तिम सलामी दिएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend