logo
  • शनिबार, साउन ३० २०८३

टर्की हमलामा ११ जनाले ज्यान गुमाए


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

टर्की, जेष्ठ २६।
११ जनाको ज्यान जाने गरी इस्तान्बुल शहरमा भएको बम हमलाले एउटा प्रहरी बसलाई निशाना बनाएको थियो । घटनामा अन्य ३६ जना घाइते भएका बताइएको छ। उक्त विस्फोटका सम्बन्धमा चारजनालाई गिरफ्तार गरिएको छ।टर्कीको इस्तान्बुल शहरमा यस बर्ष भएको यो चौथो हमला हो । हालसम्म उक्त हमलाका लागि कसैले पनि जिम्मेवारी दावी गरेको छैन।

160607151013_istanbul_640x360_afp_nocredit

आशंका
मंगलबारको हमला इस्तान्बुल शहरको ऐतिहासिक बेयाजीत क्षेत्र नजिकै भएको थियो, जुन त्यहांको एउटा प्रमुख पर्यटकीय आकर्षण पनि हो । तर राष्ट्रपति रेजेप ताइप एर्दोआनले त्यसमा कुर्द उग्रवादीहरुको संलग्नता हुन सक्ने बताए।

टर्कीको संचार माध्यमले उक्त बम हमलाका सन्दर्भमा चारजनालाई गिरफ्तार गरिएको बताएका छन्, तर थप विवरण सार्वजनिक भएको छैन। प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी, पीकेके र उसको एउटा गुटले सुरक्षा सैन्यमाथि भएका पहिलेका हमलाहरुको जिम्मा लिने गर्दथ्यो। मंगलबारको हमला इस्तान्बुल शहरको ऐतिहासिक बेयाजीत क्षेत्र नजिकै भएको थियो, जुन त्यहांको एउटा प्रमुख पर्यटकीय आकर्षण पनि हो।

विष्फोट
बिहान धेरै भिड हुने समयमा एउटा बसलाई निशाना बनाएर रिमोट कन्ट्रोल मार्फत विस्फोट गराइएको हुन सक्ने इस्तान्बुलका गभर्नर वासिप साहीनले बताए। उनले घटनामा ३६ जना घाइते भएको पनि जानकारी दिए।

घाइतेहरुको उपचार भइरहेको अस्पतालमा पुगेर राष्ट्रपति एर्दोआनले जनताको सुरक्षाको जिम्मेवारी बोकेकाहरुलाई निशाना बनाएर हमलाहरु गरिएको बताएका थिए। उनले हमलाहरुका लागि जिम्मेवारहरुलाई क्षमा गर्न नसकिने भन्दै आतंकवादीहरु विरुद्ध अन्त्यसम्मै अथक रुपमा संघर्ष जारी राख्‍ने पनि बताए।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend