logo
  • शनिबार, साउन ३० २०८३

लेटाङभोगटेनी आँखा शिविरमा उत्साहजनक सहभागिता


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

खगेन्द्र कार्की, इटहरी जेष्ठ २५।
लेटाङभोगटेनी नगरपालिकामा २४ जेष्ठ २०७३ मा आयोजित निःशुल्क आँखा शिविरबाट लाभान्वित ३ सय ५० आँखाका रोगीहरु मध्ये ३९ जनाको निःशुल्क शल्यक्रिया हुने भएको छ ।
2
अन्धोपन निवारणका निम्ति मोरङसुनसरी सेवा समाज नेपालको आयोजकत्व तथा मोरङ बचत तथा ऋण सहकारी संस्था लेटाङभोगटेनीको स्थानीय आयोजकत्व÷व्यवस्थापनमा र गोल्छा आँखा अस्पताल विराटनगरको प्राविधिक सहयोगमा मोरङ साकोसको निजी भवनमा सो शिविर सञ्चालन भएको हो । विगत वर्षदेखि लगातार गोल्छा आँखा अस्पतालको प्राविधिक सहयोगमा मोरङसुनसरी सेवा समाजले जनमुखी स्वास्थ्य कार्यक्रम अन्धोपन निवारणमा सहयोग पु¥याउँदै आएको छ ।
1
मोरङसुनसरी सेवा समाजले आयोजना गरेका आँखा शिविरहरुमध्ये उत्साहजनक सहभागिता देखिएको लेटाङभोगटेनीको सो शिविरलाई तन, मन र धनले व्यवस्थिापन गर्न मोरङ साकोस लेटाङभोगटेनीको योगदान महत्वपूर्ण रहेको छ । सो शिविरको सहयोगी संस्थाको रुपमा इटहरीमा कार्यक्षेत्र भएका ट्रेडभिजन इन्भेष्टमेन्ट प्रा.लि. र न्यु भिजन नेपाल रहेका थिए ।

शिविर अत्यन्तै व्यस्तताका बाबजुद बेलुकी पाँच बजे समापन भएपछि मोरङ साकोसले संस्थाका उपाध्यक्ष डम्बर बहादुर राईको अध्यक्षतामा औपचारिक कार्यक्रम गर्दै आयोजक संस्था मोरङसुनसरी सेवा समाजलाई धन्यवादसहित मायाको चिनो प्रदान गरेको थियो भने प्राविधिक सहयोगमा अमूल्य सहयोग गर्ने गोल्छा आँखा अस्पताललाई समेत मायाको चिनो प्रदान गरेको थियो । कार्यक्रममा बोल्दै गोल्छा आँखा अस्पतालका अप्रेसन म्यानेजर सिपी आचार्यले हामीले विशुद्ध सामाजिक सेवाका निम्ति शिविर सञ्चालन गरिरहेको हुँदा विशेष गरेर गरिब र पहुँच नपुग्नेहरु बढी लाभान्वित हुन भन्ने मुख्य उद्देश्य रहेको प्रष्ट पारे ।

यसैगरी मोरङसुनसरी सेवा समाजका अध्यक्ष बद्रीप्रसाद बिमलीले मोरङसुनसरी सेवा समाज मुनाफारहित विशुद्ध सामाजिक संस्था भएको हुँदा शिविर आयोजना गरिएको क्षेत्रमा बसोबास गर्ने आँखाका रोगीहरु सबैको उपचार राम्रो होस् र सबैले संसार देखिरहने मौका पाईरहँुन भन्ने उद्देश्यका साथ स्वास्थ्य (आँखा) शिविर सञ्चालन गर्दै आईरहेको बताए ।

उनले मोरङसुनसरी सेवा समाज मानविय सेवामा समर्पित हुँदै मोरङसुनसरी र बाहिर आईपरेका पीडामा सकेसम्म सहभागी हुँदै सहानुभूतिपूर्ण साथ र सहयोग उपलब्ध गराउँदै आएको बताए । दैविक विपत्तिदेखि पहुँच नहुने व्यक्तिको सानोतिनो उपचारका लागि समेत मोरङसुनसरी सेवा समाजले सहानुभूतिपूर्ण सहयोग गर्दै आईरहेको खुलासा गरे ।

बिमलीले सो शिविरमा उपस्थित भएर आँखा जाँच गराउनु हुने लेटाङभोगटेनीका बासिन्दा, शिविर सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मोरङ साकोस पदाधिकारी, कर्मचारी, पूर्व पदाधिकारीलगायत सदस्यहरु र प्राविधिक सहयोगमा अमूल्य योगदान पु¥याउने चिकित्सक टोली र मोरङसुनसरी सेवा समाज सम्बद्ध सबै तह र तप्काका पदाधिकारी, सल्लाहकार, सदस्यहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरेका थिए ।

यसैगरी संस्थाका उपाध्यक्ष राईले मोरङसुनसरी सेवा समाजको आयोजना तथा गोल्छा आँखा अस्पतालको प्राविधिक सहयोगमा मोरङ साकोस पनि मानविय सहयोगमा समर्पित हुँदै स्थानीय आयोजक र व्यवस्थापनको कार्य गर्ने मौका मिलेकोमा हर्षित हुँदै दुवै संस्थाप्रति आभार व्यक्त गरे ।

उनले आगामी दिनमा समेत मोरङसुनसरी सेवा समाजले गर्ने सामाजिक अभियानका कार्यक्रमहरुमा लाग्ने मौका मिलिरहने आशा राख्दै संस्था संस्थाबीच जोडिएका यो सम्बन्ध सदैव प्रगाढ बन्दै हातेमालो गरिरहन आग्रह समेत गरेका थिए । सो औपचारिक कार्यक्रम मोरङ साकोसका सचिव निलकुमार श्रेष्ठले सञ्चालन गरेका थिए । आयोजक संस्था मोरङसुनरी सेवा समाजको तर्फबाट पनि पदाधिकारी, सल्लाहकार तथा सदस्यहरुको बाक्लो उपस्थितिले कार्यक्रममा भरमग्दुर सहयोग पुगेको थियो ।

संस्थाका अध्यक्ष बद्रीप्रसाद बिमली, कावा महासचिव खगेन्द्र कार्की, सचिव सावित्रा दाहाल बराल, कार्यसमिति सदस्य प्रकाश गिरी, केशव बुढाथोकी, सल्लाहकार संयोजक गोकुलबहादुर थापा, सल्लाहकार तथा मोसु कतारका संस्थापक महासचिव चानक पोखरेल, मोसु नेपालका पूर्व संरक्षक तथा सल्लाहकार श्री सरोज बाँस्तोला, मोसु नेपालका पूर्व महासचिव उत्तम श्रेष्ठ सेन, पूर्व कार्यसमिति सदस्य शोभा कँडेल, एम्बुलेन्स समिति सदस्य ज्ञानेन्द्र पाण्डे, सदस्यहरु रिता पोखरेल, सोभिका चाम्लिङ, मनोज चौधरीलगायत धेरै जनाको सहभागिता रहेको थियो ।

यसैगरी मोरङ साकोसको तर्फबाट अध्यक्ष मदन भट्टराई, नि. अध्यक्ष दिपकचन्द्र राई, उपाध्यक्ष डम्बरबहादुर राई, सचिव निलकुमार श्रेष्ठ (आँखा शिविर स्थानीय संयोजक), वरिष्ठ अधिकृत कमल श्रेष्ठलगायत पूर्व तथा वर्तमान पदाधिकारी, उपसमिति तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend