logo
  • शनिबार, साउन ३० २०८३

जब बाबुले नै बच्चालाई स्तनपान गराए


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

एजेन्सी ।
अमेरिकाका एक पिताले बच्चालाई स्तनपान गराएको भिडियो भाइरल बनेको छ । फ्लोरिडाका क्रिस एलिनले बच्चालाई दुध चुसाएको भिडियो भाइरल बनेको हो । उनी दिउसभर घरै बस्छन् । त्यसैले छोरीको स्याहार सुसार गर्ने जिम्मा भने उनकै काँधमा छ । पत्नी दिउसको कार्यालय जान्छन् ।HG253_baby-breastfeeding-basics_FS

छोरी रोएर हैरान हुन्छन् उनी । बारम्बार फकाउँदा पनिशान्त हुँदिनन् । आमाले झै काखमा बच्चा राख्ने प्रयत्न गर्छन् । तर बच्चा फकाउनै सक्दैनन् । त्यसपछि उनलाई एउटा उपाय फुर्छ । आफूले लगाएको एउटा भेस्ट र सर्टमा छाती नजिकै प्वाल पारेर बोतलमार्फत दुध चुसाउछन् । त्यसपछि त बच्चाको रुवाई पनि सुन्न छोडेका छन् । आहा कति राम्रो उपाय !

‘ममी काममा खट्नु परेकोले ड्याडीले छोरी डेस्टिनीलाई सहयोग गरिरहेका छन्, ’ प्लाष्टिकको बोतलालाई छातीमा टाँसेर दुध चुसाउदै गरेको भिडियो पोेस्ट गरेपछि उनले लेखेका छन् । ‘स्वभाविक रुपमा दुध चुसाए जस्तो देखिन्छ होइन त,’ उनले आफैलाई सोधेका छन् । उनको भिडियोलाई एक साता नबित्दै झन्डै चाल लाखले हेरेका छन् । भिडियोलाई उत्तिकै सेयर गरिएको छ ।

भिडियोलाई फेसबुकको ब्रेस्टफिडिङ मामा टकमा सेयर गरिएको छ । सो भिडियोलाई ७५ हजार पटक सेयर गरिएको छ । लाखौ पटक कमेन्ट गरिएको छ । दुध चुसाउने बाबुको तरिकालाई धेरै प्रशंसा गरेका छन् । कसैले व्यंग्य समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend