logo
  • शनिबार, साउन ३० २०८३

गुरुङको शव ११ वजेदेखि ३ बजेसम्म प्रज्ञा भवनमा राखिने


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौं, जेष्ठ २५ ।
वरिष्ठ संगीतकार अम्बर गुरुङको पार्थीव शरिरलाई श्रद्धान्जलीका लागि प्रज्ञाभवन कमलादीमा राखिने भएको छ । शवलाई ११ वजेबाट ३ बजेसम्म प्रज्ञामा राखिएपछि आजै पशुपतिमा अन्तिम संस्कार गरिने छ ।
Amber-Gurung
ग्रान्डी अस्पतालमा गरिएको पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको हो । गुरुङको ७९ वर्षको उमेरमा आज विहान २ बजेर ३७ मिनेटमा ग्रान्डी अस्पतालमा निधन भएको थियो । गुरुङ ब्लड प्रेसर घटेर अचानक बेहोस भएपछि गुरुङलाई अघिल्लो गत सोमबार अस्पताल भर्ना गरिएको थियो ।

उनी एस्पिरेसन, निमोनिया, पेट तथा अन्ननलीको रक्तस्राव, युजीआइ ब्लिडिङ, पार्किन्सोनिज्म, उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend