logo
  • शनिबार, साउन ३० २०८३

वरिष्ठ संगीतकार अम्बर गुरुङको निधन


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौ, जेष्ठ २५।
वरिष्ठ संगीतकार अम्बर गुरुङको ७९ वर्षको उमेरमा निधन भएको छ । राष्ट्रिय गानका संगीतकार समेत रहेका गुरुङको उपचारका क्रममा मंगलबार विहान २ बजेर ३७ मिनेटमा निधन भएको हो । ग्राण्डी अन्तराष्ट्रिय अस्पतालले यसको जानकारी गराएको छ ।
Ammar-Gurung
ब्लड प्रेसर घटेर अचानक बेहोस भएपछि गुरुङलाई अघिल्लो गत सोमबार अस्पताल भर्ना गरिएको थियो । उनी एस्पिरेसन, निमोनिया, पेट तथा अन्ननलीको रक्तस्राव (युजीआइ ब्लिडिङ), पार्किन्सोनिज्म, उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए ।

खानेकुरा सर्किएर खानाको नलीमा पुग्दा उनको श्वास प्रश्वासमा समस्या सुरु भएको थियो । र, आइतबार रातिबाट भेन्टिलेटरमा राखिएको थियो । गुरुङको जन्म विसं १९९४ साल फागुन १४ गते ( सन् १९३८ फेब्रुअरी २६) भारतको दार्जीलिङमा भएको थियो । उनले सन् १९६१ मा नौलाख तारा नामक गीत रेकर्ड गराए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend