logo
  • शनिबार, साउन ३० २०८३

भोलिदेखि एक घन्टा लोडसेडिङ घट्ने


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौ, जेष्ठ २४।
नेपाल विद्युत् प्राधिकरणले मंगलबारदेखि लागू हुने गरी एक घन्टा लोडसेडिङ घटाउने भएको छ । वर्षासँगै नदीमा पानीको सतह बढेपछि विद्युत् प्राधिकरणले हाल दैनिक १० घन्टा हुँदै आएको लोडसेडिङ घटाएर नौ घन्टामा झारेको छ ।

‘नदीमा पानीको सतह बढेर उत्पादनमा वृद्धि भएपछि अब मंगलबारदेखि दैनिक नौ घन्टा मात्र लोडसेडिङ हुन्छ,’ विद्युत् प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख भुवन क्षेत्रीले भने ।

उनका अनुसार हाल विद्युत्को माग १ हजार ३ सय ५० मेगावाट भएको विद्युत् प्राधिकरणका आयोजनामार्फत २ सय ९० र निजी क्षेत्रका आयोजनामार्फत १ सय ३० मेगावाट उत्पादन हुँदै आएको छ भने भारतबाट ३ सय मेगावाट आयात भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend