logo
  • शनिबार, साउन ३० २०८३

पाल्पाको बेथल बोर्डिङ स्कुलले मन्दिर परिसर सरसफाइ गर्यो


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

पाल्पा, जेठ २४ ।
विश्व वातवरण दिवशको अवसरमा बेथल बोर्डिङ स्कुल तानसेन पाल्पामा सरसफाई लगायत विविध अतिरिक्त क्रियाकलाप सम्पन्न भएको छ ।
8edb30a5-3f5e-4496-9093-769459c1ac66
बिद्यालयका छात्र छात्राहरुद्वारा रणउजिरेश्वरी भगवति मन्दिर परिसर, अमरनारायण मन्दिर परिसर, मेहलधारा टोल, पोलधारा , तिनधारा सहित बिद्यालयको परिसरको सरसफाई गरिएको छ। यसै सन्दर्भमा विद्यालयको बगैचामा वृक्षरोपणका साथै चित्रकला, कोलाज, कबिता प्रतियोगिताको आयोजना गरियो।
31ff47b6-cce8-48db-9ef5-3d29aea5a3cd
वातावरण बिषयक कबिता प्रतियोगितामा मनिष ज्ञवाली प्रथम, आकांक्षा राना द्वितिय र पदम चितौरे तृतिय भएका छन्। कोलाज प्रतियोगितामा अप्सना काम्मु र नबिन सारु प्रथम , सञ्जु घति र सन्तोष खाती द्वितिय, , सनम थापा र तुल्सी सारु तृतिय भएका छन्।

यसै गरि जुनियर चित्रकला प्रतियोगितामा सृष्टि राना प्रथम संगिता बस्याल द्वितिय र टिका मिधुन तृतिय स्थान हासिल गरेका छन्। कायक्रम यसै बिद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख इना रानाको संयोजकत्वमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend