logo
  • शनिबार, साउन ३० २०८३

अष्ट्रेलियामा गुल्मीवासीलाई भेटघाटको लागि अनुरोध


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

प्रेम सुनार गुल्मी, जेठ २४ ।
आपसमा वन्धुत्व कायम गदै गृह जिल्लाको सेवामा जुट्न् उद्देश्यमा साथ अष्टे«लियाको गुल्मी विक्टोरिया समाजले त्यहाँ रहेका गुल्मेलीहरुलाई भेटघाट कार्यक्रममा सहभागी भई दिन अनुरोध गरेको छ ।

astreliya

अष्ट्रेलियाबाट समाजका अगुवा कैलाश सापकोटाले दिएको जानकारी अनुसार त्यस समाजको बृहत बैठकले आगमी महिनाको ४ तारिखका दिन अष्ट्रेलियाको मिचेल पार्कमा सम्पुर्ण गुल्मेलीहरुलाई भेटघाटका लागि अनुरोध गरिएको छ ।

उक्त बैठकमा विशेष अतिथीका रुपमा बोल्दै समाज सेवी भिमलाल सापकोटाले प्रवासमा रहे पनि गुल्मी जिल्लावासी एक जुट हुन सके बडागाउँका अग्नी पिडितलाई जस्तै विपद्मा परेकाहरुलाई सहयोग गर्न सकिने र अपनत्व कायम हुने बताउँदै उक्त दिन सवै गुल्मेली आई दिन आग्रह गरेका थिए ।

त्यहाँबाट रामप्रसाद सापकोटाले दिएको जानकारी अनुसार उक्त दिनको भेटघाट विक्टोरिया सेवा समाजलाई पुर्णता दिन पनि भेटघाट कार्यक्रमको आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend