logo
  • शनिबार, साउन ३० २०८३

गुल्मी क्षेत्र नम्वर २ को तरुण दल सभापतिमा थापा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

प्रेम सुनार, गुल्मी जेठ २२।
नेपाल तरुण दल क्षेत्र नम्वर २ गुल्मीको प्रथम क्षेत्रिय अधिवेशन आज सम्पन्न भएको छ । गुल्मीको विरवासमा रहेका राजा रुन्खादह उच्च माध्यामिक विद्यालयमा भएको अधिवेशनको उद्घाटन नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष उदय सम्शेर राणाले गरेका हुन् । उदघाटन समारोहलाई सम्वोधन गर्दै अध्यक्ष राणाले लामो समय देखि अवरुद्ध तरुण दलका संगठनहरुलाई छिटो भन्दा छिटो सम्पन्न गर्न कार्यकताहरुलाई निदेशन दिएका थिए ।

‘ तरुणको आव्हान संविधान कार्यन्यवनमा सवैको दायित्व समान ’ भन्ने मुल नाराका साथ आयोजना गरिएको अधिवेशनमा नेपाली काँग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठ, तरुण दलका केन्द्रिय सदस्य चिरञ्जीवि जिसी, पुर्व अध्यक्ष चन्द्र केसी, जिल्ला सचिव खिलद्धवज पन्थी, कोषाध्यक्ष हरिबहादुर केसी, महासमिति सदस्य छन्दबहादुर पहाराईको विशेष आथित्यता रहेको थियो ।

कार्यक्रममा उहाँहरुका अलवा नेपाली कांग्रेसका २ नम्वर क्षेत्रिय सचिव पुर्ण केसी, ३ नम्वर क्षेत्रिय सभापति भगवतसिंह खड्का, नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष सुदर्शन खनाल , नेपाल मगर संघका जिल्ला अध्यक्ष हि सोही संगठनका ३ नम्वर क्षेत्रिय सभापति चुराबहादुर खत्री, रेसुङ्गा नगर पालिका सभापति छवि पाण्डे , विरवासका सभापति केशवराज कँडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नेपाल तरुण दलका कार्यवाहक जिल्ला सभापति भरत भलामीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विरवासका तरुण दल सभापति भुपेन्द्र कंडेलको स्वागत मन्तव्य र तरुण दलका कार्यवाह जिल्ला सचिव वावुराम कँडेलकोे सञ्चालन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend