logo
  • शनिबार, भाद्र २० २०८३

एमाले दोहली गाउँ कमिटीमा नयाँ नेतृत्व : अध्यक्षमा सुनार


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

टोपलाल अर्याल, गुल्मी जेठ २२ ।
नेकपा एमाले दोहली गाउँ कमिटीको नयाँ नेतृत्व चयन भएको छ । १० औ गाउँ अधिवेशनले बिष्णुु सुनारको अध्यक्षतामा १९ सदस्यीय गाउँ कमिटी गठन गरेको हो ।
e72d6c54a2eb02aa9d0826e25e39a541
कमिटीको उपाध्यक्ष गनु प्रसाद अधिकारी, सचिव प्रताप सुनार, उपसचिव टेक बहादुर नेपाली र बरिष्ट सदस्य निम बहादुर खत्री रहनुभएको छ । १० औ गाउँ अधिवेशनको प्रमुख अतिथी नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य लक्ष्मण बिष्टले उदघाटन गर्नुभएको थियो ।

गाउँ अधिवेशनलाई संबोधन गर्दै प्रमुख अतिथी बिष्टले दोहली गाविसको विकास र जनताको पक्षमा रहन नयाँ नेतृत्वलाई आग्रह गर्नुभयो । उहाँले आफ्ना क्रियाकलाप मार्फत गाविसका सवै तह र तप्कामा पार्टीलाई बलियो बनाउँदै क्रियाशिल रहन नेतृत्वलाई शुभेच्छा प्रकट गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथी बिष्ट लगायत जिल्ला कमिटी सदस्य नारायण पैयानी, स्थानीय निकाय जिल्ला कमिटी सदस्य चुरा बिष्ट, क्षेत्रिय कमिटी सदस्य राजु बस्नेत र बिष्णु सुनारले एमालेको रणनिती, गाविसमा एमालेको भुमिका, भावि योजना र सिद्धान्तका बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।

अधिवेशन पुर्व अध्यक्ष लंक बहादुर बस्नेतको अध्यक्षता, टेक बहादुर नेपालीको स्वागत तथा सचिव गनु प्रसाद अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend