logo
  • शनिबार, साउन ३० २०८३

एकल महिला जिल्ला कार्य समितिको आयोजनामा बृहत अन्तरक्रिया सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

टोपलाल अर्याल, गुल्मी जेठ २२।
मानव अधिकारका लागी महिला एकल महिला जिल्ला कार्य समितिको आयोजनामा बृहत अन्तरक्रिया तथा समुह बिस्तार कार्यक्रम तुराङ्ग गाविसको मजुवामा सम्पन्न भएको छ ।

आपँचौर, तुराङ्ग र रुपाकोट गाविसका एकल महिला, राजनितिक दल, समाजसेवी लगायतको सहभागीता रहेको कार्यक्रममा संस्थाको कार्यक्षेत्र, सुरक्षा कोष, स्थानीय स्रोत साधनमा पहुँच र सामाजिक सुरक्षा भत्ताको बारेमा छलफल गरिएको थियो । कार्यक्रम संस्थाकी अध्यक्ष मिना पन्तको अध्यक्षता, तुराङ्ग गाविस सचिव लोकनाथ पोख्रेलको प्रमुख आतिथ्यता, एवं ज्ञानोदय माविको शिक्षिका रुपा गौतमको संचालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा संस्थाको जिल्ला सदस्य अमृता थापाले कायृक्रमको उदेश्य माथी प्रकाश पार्नुभउको थियो । त्यस्तै तुराङ्ग गाविसमा कमला अर्यालको अध्यक्षतामा १३ सदस्य रहेको मानव अधिकारका लागी महिला एकल महिला समुह गठन गरिएको छ ।

रुपाकोट गाविसमा पनि जानकी ज्ञवालीको अध्यक्षतामा १७ सदस्य रहेको मानव अधिकारका लागी महिला एकल महिला समुह गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend