logo
  • शनिबार, साउन ३० २०८३

लोक दोहोरी गीत प्रतिष्ठान गुल्मीको परिचयात्मक कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

टोपलाल अर्याल, गुल्मी जेठ २२ ।
नव गठित लोक दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति गुल्मीले परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । जेठ १५ गते चयन भएको नयाँ नेतृत्वको जिल्लाका विभिन्न सरोकारवाला माझ चिनाउने तथा अधिवेशनमा छुटेका आजिवन सदस्यहरुलाई प्रसंसा पत्र वितरण गर्न सो कार्यक्रको आयोजना गरेको प्रतिष्ठानका जिल्ला सहसचिव महेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेलले गीत संगितका माध्यमबाट जनतालाई विकास र समाज सेवामा उत्प्रेरित गराउन प्रतिष्ठानको नयाँ नेतृत्वलाई आग्रह गर्नुभयो । कलाकार भनेको राष्ट्रका गहना भएकाले आफ्नो पेशा लाई व्यबस्थित र मर्यादित बनाउन पनि उहाँले आग्रह गर्नुभयो ।

e0b0917d-8709-4c30-9ada-a6f31f610af5कार्यक्रममा सम्पुर्ण राजनितीक दलको प्रतिनिधीत्व गर्दै नेपाली कांग्रेसका जिल्ला सभापती भुवन श्रेष्टले गीत र संगित बिना जीवन अधुरो रहने भएकाले यसको प्रभाव र पश्चिमी लोक संगितको जर्गेनामा लाग्न प्रतिष्ठानलाई आग्रह गर्नुभयो । कार्यक्रममा आजिवन सदस्य, सल्लाहाकार, प्रयोजक तथा नयाँ जिल्ला कार्य समितिलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा एमाले नेता माधव ज्ञवाली, जनमोर्चाका नेता हरि न्यौपाने, राप्रपाका टोप बहादुर खत्री, राप्रपा नेपालका ठाकुर प्रसाद पाण्डेय, अखण्ड पार्टी नेपालका नेत्र बस्नेत, नयाँ शक्ति नेपालका चन्द्र विक, पुर्व अध्यक्ष राम चन्द्र चन्द, खुम बहादुर खत्री लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रम प्रतिष्ठानका अध्यक्ष जनक पन्तको अध्यक्षता, उपाध्यक्ष टिकाराम पोख्रेलको स्वागत तथा सचिव बसन्त खत्रीको संचालनमा सम्पन्न भएको पत्रकार टोपलाल अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend