साझा नेटवर्क
क्यालिफोर्निया, जेष्ठ २२।
नेपाली जनसम्पर्क समिति अमेरिकाले केन्सस राज्यमा च्याप्टर गठन गरेको छ । यही जुन २ तारिखका दिन केन्सस राज्यका लागि जनसम्पर्क समितिले खटाएका प्रतिनिधि धनञ्जय नरसिंह केसीको पहलमा समिति गठन गरिएको हो ।

केसी नेजस अमेरिकाको बरिष्ठ उपाध्यक्ष समेत हुनुहुन्छ । नवगठित कार्यसमितिको संयोजकमा डा. अमर भण्डारीलाई चयन गरिएको छ । यस्तै, सह संयोजकमा भुपाल कट्टेल, सदस्य सचिवमा माधव रेग्मी, कोषाध्यक्षमा अनुज चिलवाल छानिनु भएको छ ।
टेलिकन्फरेन्स बैठकमार्फत् छनौट गरिएको केन्सस राज्यको च्याप्टर सदस्यहरुमा अविशेष लम्साल, अनिल पन्त, श्रीजना तिमिल्सेना, बलराम कडेरिया, जयसन अधिकारी, इलिना अधिकारी, अञ्जु गिरी, दिया उप्रेती रहनुभएको छ । यस्तै सल्लाहकारमा डा. तेज श्रेष्ठको नाम सर्वसम्मत रुपमा चयन भएको छ ।
गत वर्ष अर्थात सन् २०१५ फेब्रुअरी १५ का दिन बसेको नेपाली जनसम्पर्क समिति अमेरिकाको कार्यसमितिको बैठकको निर्णयअनुसार मलाई ‘केन्सस राज्यमा च्याप्टर गठनका लागि केन्सस राज्यमा प्रतिनिधिका रुपमा खटाईनुभएका केसीले जानकारी दिनुभयो । नवगठित कार्यसमितिले जनसम्पर्क समितिले दिएको निर्देशनअनुसार काम गर्ने प्रतिबद्धता जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend