logo
  • शनिबार, साउन ३० २०८३

हास्य टेलीचलचित्र हाक्का हाक्कीले ५१औ भाग मनायो


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

सुर्य चन्द, काठमाडौँ जेष्ठ २२।
नेपाल टेलिभिजनबाट हरेक आइतबार साझ ८:५० बजे प्रसारण हुने चर्चित हास्य टेलिचलचित्र हाक्का हाक्कीले आफ्नो ५१ औ भाग भब्यताको साथ् सम्मानीय उप राष्ट्रपति नन्द किसोर पुनको प्रमुख आतिथ्यमा सम्पन्न गरेको छ । विभिन्न समस्याको बाबजुद पनि चर्चित हास्य टेलिचलचित्र हाक्का हाक्कीले आफ्नो ५१ औ भाग सगरौव सम्पन्न गरेकोमा निर्माता राम थापा खुसि ब्यक्त गर्छन ।

13334655_1085030691570308_511781279_o

उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा सम्माननिय उपराष्ट्रपति नन्द बहादुर पुन तथा विशेष अतिथिहरुमा सभासद निर्मल कुइकेल,मिडिया हवका अध्यक्ष सोम धिताल, नेपाल टेलिभिजन कर्मचारी संघका अध्यक्ष गोविन्द धिताल, नेपाल टेलिभिजनका निमित्त महाप्रवन्धक दिपकमणि धिताल,चलचित्र विकाश वोर्डका अध्यक्ष राजकुमार राई, नेपाल चलचित्र कलकार संघको अध्यक्ष रामकेशर बोगटी,प्रिज्मा एड्भर्टाइजि रन्जित आचार्य, संचारकर्मी कृष्ण भट्टराई, कानुन ब्यबसायी भोजराज रेग्मी लगायतको उपस्थिति रहेको थियो । उपराष्ट्रपति पुनले हास्य टेलिचलचित्र हाक्का हाक्कीलाई ५१ औ भाग पुरा गरेको बिसेष उपलक्ष्यमा बधाइ दिदै आगामी दिनमा अझ उत्कृष्टताका साथ अगाडी बढ्न सुझाव दिएका छन् ।
DSC02621
विभिन्न समस्या भुकम्प, नाकाबन्दीको बाबजुद पनि हाक्का हाक्कीले देश काल परिस्थितिलाइ समेटेर लगातार रुपमा आफ्ना श्रृखला नरोकीकन प्रसारण गरेकोमा हाक्का हाक्की टलिसिरियलको छुट्टै पहिचान भएको भन्दै मुक्त कन्ठले सम्पूर्ण बक्ताले प्रशंसा समेत गरेका थिए । यसका साथै भूकम्प पीडित जनतामा राहत वितरणमा पनि यो टिम सक्रियताका साथ लागेको भन्दै यसरी नै निरन्तर लागिरहन प्रेरणा प्रदान गरेका थिए । उक्त बिसेष कार्यक्रममा हाक्का हाक्की परिवारका सम्पूर्ण सदश्यहरु लगायत संचारकर्मीहरु कृष्ण भट्टराई, बिदुर गिरि र सुर्य चन्द लाइ सम्मान समेत गरिएको थियो ।
DSC02630
दमन रुपाखेती द्वारा निर्देशित तथा राम थापा द्वारा निर्मित हास्य टेली चलचित्र हाक्की हाक्कीले सम समाहिक बिषय बस्तुलाइ समेट्दै दर्शक श्रोताको मन जित्न सफल भएको छ । छोटो समयमा नै दर्शकको मन मुटुमा बस्न सफल हास्य टेली चलचित्र हाक्की हाक्कीले ५१ औ भाग सम्म आइपुग्दा समय सापेक्ष परिबर्तन गर्दै दर्शकहरुलाइ नया नया स्वाद दिन पनि सफल भएको छ ।
13383876_1085023258237718_1743926508_o (1)
मिडिया हब द्वारा प्रस्तुत नेपाल टेलिभिजनबाट प्रसारित हास्य ब्यङ्ग टेलि सिरियल हाक्का हाक्कीमा नेपालका चर्चित कलाकारहरु समाबेसी रहेका छन।  जसमा दमन रुपाखेती, राजु भुजु, कबिता शर्मा, सुजित थापा (डेभिड), राम थापा, उमेश कुमार केसी, शिब शर्मा (भुकम्प माइलो) जनक बर्तौला, प्रकाश न्यौपाने, सिम्रन पौडेल मणिराज काफ्ले, सरस्वति खड्का थापा, कुसलभ केसी,गोबिन्द खतिवडा लगायत अन्य चर्चित कलाकार हरु को भूमिका रहेको छ।
13335601_899709646842039_3678159233831766841_n
उक्त बिसेष समारोह हुकुम पार्टी प्यालेस अनामनगरमा सम्पन्न गरिएको थियो। नेपालका चर्चित र लोकप्रिय उद्घोषक आवाजको दुनियाको साथी दिनेश डिसीले कार्यक्रमलाइ संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend