logo
  • शनिबार, साउन ३० २०८३

गुल्मीमा एकल लोक नृत्य प्रतियोगीता सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

टोपलाल अर्याल, गुल्मी जेठ २२।
नेशनल प्याबशन गुल्मीको आयोजनामा एकल लोक नृत्य प्रतियोगीता सदरमुकाम तम्घासमा सम्पन्न भएको छ । जिल्लाका विभिन्न स्थानका बोर्डिङ स्कुलका बिच प्रावि, निमावि र मावि स्तरिय प्रतियोगीता सम्पन्न भएको हो ।
2
जसमा प्रावि तहको एकल लोक नृत्य प्रतियोगीतामा छत्रदेवि इंग्लिस बोर्डिङ्ग स्कुल प्रथम, लिटिल स्टार इंग्लिस बोर्डिङ्ग स्कुल द्धतिय र तृतिय गोल्डेन एकेडेमी भएको छ । त्यस्तै निमावि तर्फ गण्डकी इंग्लिस बोर्डिङ्ग स्कुल प्रथम, छत्रदेवि इंग्लिस बोर्डिङ्ग स्कुल द्धतिय र ज्ञानकुञ्ज इंग्लिस बोर्डिङ्ग स्कुल तृतिय भएको छ ।
3
मावि तर्फ छत्र देवि इंग्लिस बोर्डिङ्ग स्कुल प्रथम, लिटिल स्टार इंग्लिस बोर्डिङ्ग स्कुल द्धतिय र गण्डकी इंग्लिस बोर्डिङ्ग स्कुल तृतिय भएको आयोजकले जानकारी दिएको छ । एकल लोक नृत्य प्रतियोगीताको टिकाराम पोख्रेल र पशुपति आचार्यले निर्णायक मण्डलको भुमिका निर्बाह गर्नुभएको थियो ।

कार्यक्रम आयोजक संस्थाका अध्यक्ष ओम बहादुर टण्डनको अध्यक्षता, संस्थाका प्रमुख सल्लाहाकार पदम टण्डनको प्रमुख आतिथ्यता एवं सचिव श्रीराम महतको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा सल्लाकार ठाकुर प्रसाद पाण्डेय, पत्रकार टोपलाल अर्याल, तिलाचन पाण्डेय तथा विभिन्न बिद्यालयका शिक्षक, बिद्यार्थीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend