साझा नेटवर्क
काठमाडौं, जेठ २२ ।
गीतकार खेम रिजालको शब्द तथा गायक तथा संगीतकार राज सागरको स्वर र संगीतमा रहेको गजल ”निदाएको थिएँ रातमा”को म्युजीक भिडीयोको छायाँङकन सकिएको छ । गजल ”निदाएको थिएँ रातमा” गीतकार खेम रिजालको रिया एल्वम भित्र समाविष्ट गजल हो ।

महानायक राजेस हमाल र पूर्व मिस नेपाल उसा खड्गीप्रमुख भुमिकामा देखिएको म्युजिक भिडीयोमा बरिष्ठ कलाकार बि.एस. राणाको पनि अभिनय रहेको छ । निदाएको थिएँ रातमा गजलबारे बोल्दै महानायक राजेस हमालले आफुलाई यो गजल अत्यन्त राम्रो लागेको बताएका छन् ।

पूर्व मिस नेपाल उसा खड्गीले पनि गजलको शब्द र संगीत अत्यन्त उत्कृष्ट लागेको र यो गजलमा अभिनय गर्दा आफुलाई अत्यन्त खुशि लागेको बताएकी छन् ।गोदावरीमा छायाँङकन गरिएको भिडीयोलाई ज्ञानेन्द्र शर्माले खीचेका हुन् । म्युजिक भिडीयोलाई निर्देशक केदार धितालले निर्देशन गरेका हुन् भने रोहित बस्नेत यस भिडीयोका कोरीयोग्राफर हुन् ।

अमेरिकामा बस्दै आएका गीतकार खेम रिजालको एल्वम रिया बजारमा आउने अन्तीम तयारीमा छ । रिजालको एकल शब्द र राज सागरको एकल आवाजमा रहेका ५ वटा गजल मध्य ३ वटा गजलमा राज सागरको संगीत रहेको छ भने २ वटा गजलमा गीतकार स्वयंले संगीत भरेका छन् ।

एल्वमा एकल आवाज र संगीत दिएका राज सागरले यो गजल लगाएत एल्वम भित्रका सबै गजल उत्कृष्ट रहेको दावी गरेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend