साझा नेटवर्क
प्रेम सुनार, गुल्मी जेठ २१।
गुल्मी जिल्लाका किशानहरु आज विहान सदरमुकाम तम्घासमा विउ विजन प्रचार प्रशारका लागि बाजा तालमा नाँच्दै प्रभातफेरी कार्यक्रम गरेका छन् । किशानका लागि उन्नत विउ विजन कार्यक्रमको प्रभातफेरी गुल्मी उद्योग वाणिज्य संघ र कृषि उद्यम केन्द्रले गरेको हो ।
औपचारिक विउविजन क्षेत्र विस्तार एवं यथार्त संकेत पत्र, विश्वशनिय छापयुक्त बिउ प्रयोग अभियान अन्तरगत उक्त प्रभातफेरी कार्यक्रम गरिएको गुल्मी उद्योग वाणिज्य संघले जनाएको छ । प्रभातफेरी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेल, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भोलाबहादुर रावल, गुल्मी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष कृष्णप्रसाद भण्डारी लगायतको विशेष सहभागिता थियो ।
गुल्मी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष श्रीप्रसाद भलामीको अध्यक्षतामा सम्पन्न कार्यक्रमामा कृषि व्यवसाय विकास सल्लाहकार दामोदर भुसालको सञ्चालन रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend