logo
  • शनिबार, साउन ३० २०८३

विपन्न महिलाहरुलाई सोलार बाँडिने


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

प्रेम सुनार, गुल्मी जेठ २१।
जिल्ला विकास समिति गुल्मीले महिला लक्षित कार्यक्रम अन्तरगत गन्र्धव र अन्य समुदायका विपन्न महिलाहरुलाई निशुल्क सोलार वितरण गर्ने भएको छ ।
आज जिल्ला विकास समितिमा बसेको जिल्ला महिला समन्व्य समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

महिला लक्षित कार्यक्रम अन्तरग तगत वर्ष विनियोजन गरिएको ४ लाख २७ हजार जिविसबाट थप हुन आएको अनुदान र आगमी वर्षमा विद्युत रोयल्टी तर्फ महिला लक्षित कार्यक्रमका लागि विनियोजन भएको ३ लाखबाट सोलार वितरण गर्ने निर्णय गरिएको छ ।

बैठकमा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेल, महिला समन्व्य समितिका उपाध्यक्ष विष्णुकुमारी सापकोटा लगायतका सहभागिता रहेको थियो । जिल्ला महिला समन्व्य समितिका अध्यक्ष रहेका स्थानिय विकास अधिकारी डिलाराम पन्थीको अध्यक्षतामा बसेको बैठकको सञ्चालन कार्यक्रम अधिकृत विनोद मरासीनीले सञ्चालन गरका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend