logo
  • शनिबार, साउन ३० २०८३

चलचित्र “21 बर्ष” युरोपमा समेत च्यारिटी सो गरिदै


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

सुर्य चन्द, काठमाडौ जेष्ठ २१।
नेपाली चलचित्र सम्पादनको क्षेत्रमा एक व्यस्त नाम हो नहकुल खड्का । धनकुटा जिल्ला चानुवा स्थायी घर भएका खड्काले करिव एक दर्जन चलचित्र सम्पादन गरिसकेका छन् भने उनले सम्पादन कार्य गरेको पछिल्लो मुभि गाजलु यही जेठ २८ गतेबाट प्रदर्शन हुँदैछ ।

86d60ba9167019dbc73ad383cf3b3e2d

ट्रिक मिडियाका अध्यक्ष समेत रहेका खड्काले नेपाल टेलिभिजन प्लसमा क्यास एण्ड क्युज कार्यक्रम र अन्य राष्ट्रिय टेलिभिजनबाट विभिन्न आधा दर्जन कार्यक्रमहरू निर्माण एँव सम्पादन गरिसकेका छन् । नेपालमा पहिलो पटक सहभागिबाट शुल्क नलिई आयोजना गरिएको सौन्दर्य प्रतियोगिता मिस युथ नेपाल पनि ट्रिक मिडियाले आयोजना गरेको थियो ।

फिल्म, टेलिफिल्म, डकुमेन्ट्री, म्युजिक भिडियो आदि दर्जनौ सम्पादन गरिसकेका खड्का नेपाली फिल्म क्षेत्रमा प्राविधिकको भविष्य भने खासै नदेखेको बताउँछन् । नेपाली फिल्मको बजार नभएको र दर्शकको सोचाइ अनुरुपको फिल्म बनाउन नसकेको भएर बजार पातलो भएको बताउने खड्का असोज ७ गतेबाट रिलीज हुने जनक खड्का निर्देशित नेपाली कथानक चलचित्र २१ वर्षका एक निर्माता समेत हुन् ।उक्त चलचित्र बाट नब नायक जुनीम गहतराज ले डेब्यु समेत गरेका छन् ।

अब आफूहरूले नयाँ जोश र जागरका साथ नयाँ अर्को चलचित्र समेत बनाउन लागेको बताउँने खड्का, अब भने चलचित्र २१ वर्ष लिएर युरोप र विभिन्न अन्य देशहरूमा च्यारीटि गर्न जाने सोचमा छन् ।सबैभन्दा ठुलो भनेको कार्य अनुभव हुने भएको कुरालाई सबैले स्वीकार गर्नुपर्ने बताउने खड्कालाई नेपाली फिल्म क्षेत्रका मानिसहरू सबै इमानदार नभएको कुरा स्वीकार्छन् ।

फिल्म दर्शकको चाहना भएको र फिल्म हेरेपछि दर्शकले आफ्नो कहानी जस्तो मान्यो भने मात्र फिल्मले व्यापार गर्ने वताउने उनी चलचित्रमा नयाँ धार र पुरानो धार भन्ने नहुने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend