– बादल बस्नेत ।
आफ्नै गृह जिल्ला कास्कीको एउटा घटना बाट म यो लेख सुरु गर्दै छु: केहि वर्ष अगाडीको कुरा हो, कास्कीको लेखनाथ नगरपालिका स्थित एउटा सानो सडक निर्माण कार्यको लागि नेपाल सरकारबाट बजेट बिनियोजन भयो।
सडक कालोपत्रे हुने भनेपछि स्थानीय जनताहरु खुसिनै थिए र सम्पूर्ण सर्वे देखि लिएर अन्य प्राथमिक काम सम्पन्न भए पछि सडक निर्माणको लागि टेन्डर आवहान गरियो र पूर्ण नियम बमोजिमनै एक चिरपरिचित राम्रो निर्माण कम्पनिलाई ठेक्का प्रधान गरियो।
इन्जिनियरले सम्पूर्ण कामको कर्यचित्र तयार गरिसकेका थिए र सोहि अनुरुप सडक निकैनै बलियो र राम्रो हुनेमा सम्पूर्ण जनताको बिश्वाश र भरोसा थियो। निर्धारित समयमा निर्माण सम्पन्न भयो र कालोपत्रे सडक प्रयोगमा आयो पनि, तर प्रयोगमा आएको एक वर्ष पनि नबित्दै सडक भत्किन थाल्यो। सम्पूर्ण स्थानिय जनताले निर्माण कम्पनीको गल्ति भएको आरोप एवं आक्रोश पोखे, तर गहिराइमा कसैले पनि सोचेनन्।
वास्तविक कहानी भने अर्कै थियो:
जब निर्माण कम्पनिलाइ ठेक्का दिइयो, काम सुरु हुँदा न हुँदै त्यहाँका स्थानीय गुन्डाहरु निर्माण कम्पनिमा पुगे र आफ्नो टोलिका २५/३० जना जति सदस्यहरुको लागि नया पल्सर २०० सी सी मोटर साइकलको माग गरे र धम्की दिए। राजनितिक छत्र छायाँ अनि बिभिन्न नेताहरुको संरक्षणमा रहेका ति गुन्डाहरु न त स्थानीय जनताहरु संग डराउँथे न त प्रशासन संग नै।
कुनै अभियोगमा उनीहरुलाइ प्रहरीले समातेर लगे पनि तुरुन्तै राजनैतिक दबावमा उनीहरुलाइ छोड्नुपर्थ्यो आखिर राजनैतिक पार्टीका चुनाब होस् वा कुनै कार्यक्रम मोटर साइकलमा पार्टीको झन्डा बोकेर हिड्ने त उनीहरुनै थिए। त्यस कारण न त प्रहरीबाट कुनै सहयोगको आशा राख्न सकिन्थ्यो न त स्थानीय जनता संग।
बाध्य भएर निर्माण कम्पनीले उनीहरुको माग पुरा गर्नै पर्यो। त्यस्तै गरि स्थानीय निकायबाट बजेट पास गराउनको लागि पनि निर्माण कम्पनिले उच्च तह देखि तल्लो तह सम्मका सरकारी कर्मचारीहरुको माग पुरा न गरि सम्भब थिएन।
यस्तै यस्तै बिभिन्न मागहरु पुरा गर्दा गर्दा अनुमानित बजेट को ५० % खर्च भैसकेको हुन्छ। बाँकी ५० % बजेटमा निर्माण कम्पनि ले १०० % काम पुरा गर्नु पर्ने हुन्छ, अनि कसरि बन्छ बलियो सडक ? अब हामीले सडक भत्किनुमा कसलाई दोष दिने? निर्माण कम्पनिलाइ , सरकारी निकायलाइ , प्रहरी प्रसासनलाइ कि स्थानीय जनतालाइ ? यो त एउटा सामान्य उदाहरण मात्र थियो सरकार, देशको हरेक भौतिक पुर्बाधार वा विकास निर्माणका कामहरुमा यस्ता बाधा अबरोध हुने गर्छन।
तसर्थ बर्तमान सरकार अनि सरकार प्रमुख के.पी ओली ज्यू संग मेरो अनुरोध, रेल चालाउनुहोस, पनि जहाज किनेर चालाउनुहोस, पेट्रोल उत्खनन् गर्नुहोस, फलाम उत्खनन् गर्नुहोस, फास्ट ट्रयाक निर्माण गर्नुहोस तर जब सम्म यस्ता ठुटे मुन्द्रे गुन्डाहरु राजनैतिक पार्टीको छत्र छायाँमा रहन्छन् अनि तीनै गुन्डाहरुको आड र भरोसामा यो देश को राजनीति चल्छ तब सम्म कुनै पनि बिकाश निर्माणका कामहरु सोचे अनुरुप चल्न सक्दैनन्।
हुन त देशमा अहिलेको आवस्थामा सुधार्नु पर्ने कुराहरु धेरै होलान, देशका समस्याहरु धेरै होलान। तर यदी सरकारले प्रहरी प्रसासनलाइ बलियो अनि राजनैतिक दबावबाट मुक्त गराउने हो र किन्द्रिय र स्थानीय निकाय सम्म निगरानी गरेर मुलुकलाइ भ्रस्टाचार बाट मुक्त गराउने हो भने देशका आधा भन्दा धेरै समस्या तत्कालै समाधान हुन्थे होला।
बादल बस्नेत
कास्की, पोखरा
हाल -दिल्ली भारत
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend