logo
  • शनिबार, साउन ३० २०८३

सहकर्मी पत्रकार खत्री वाग्लुङ्गमा पुरस्कृत


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क, गुल्मी जेठ २१ ।
हाम्रा सहकर्मी गुल्मीका पत्रकार अनिल खत्री वाग्लुङ्गमा उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मानित anilहुनुभएको छ । बुर्तिबाङ स्थित जनसञ्चार सहकारी संस्था लिद्धारा सञ्चालित सामुदायिक रेडियो परिवर्तन ९२ मेगाहर्जले पाँचौं वर्ष प्रवेशको अबसरमा रेडियोले स्थापना गरेको आपत रामजाली स्मृती उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो ।

गुल्मी जिल्लाबबाट रेडियोको स्थापना कलदेखि सहयोग गरेको मुल्याङकनको आधारमा पत्रकार खत्रीलाई उक्त पुरस्कारबाट सम्मान गरिएको रेडियोले जनाएको छ ।

यस वर्ष उक्त पुरस्कार रेडियोलाई स्थापना कालदेखि अहिलेसम्म निरन्तर समाचारमा सहयोग गरिरहेका नेपाल पत्रकार महासंघ गुल्मीका कोषाध्यक्ष अनिल खत्री र ढोरपाटन राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक रामकृष्ण बोहोरलाई सम्मान गरिएको रेडियोका स्टेशन म्यानेजर राम सुवेदीले जानकारी दिनुभयो । सम्मानित पत्रकारहरुलाई नगद र सम्मान पत्रले सम्मान गरिएको थियो ।

रेडियोलाई विभिन्न समयमा संवाददाताका रुपमा सहयोग गर्ने अरु पत्रकारहरुलाई समेत सम्मान गरिएको थियो । रेडियोले पाँचौ वार्षिकोत्सवका अवसरमा ४ दिन सम्म बिभिन्न कार्यक्रमहरु गरेर वार्षिक उत्सव मनाएको थियो । पुरस्कृत पत्रकार खत्री गुल्मीबाट बिभिन्न सञ्चार माध्यममा काम गर्दै आउँनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend