logo
  • शनिबार, साउन ३० २०८३

कतारमा अलपत्र परेका १८५ नेपालीलाई खाध्यान्न प्रदान


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

कुमार “अविरल” पन्थी कतार ।
बसन्त फिल्मस् प्रा.लि.ले कतारमा अलपत्र परेका नेपालीहरुलाई खाध्यान्न प्रदान गरेको छ । कतारको एक कम्पनीमा कार्यरत १८५ जना नेपाली कम्पनि बन्द भएपछी अलपत्र परेका हुन । करिव ४ महिना देखि तलब सुविधा नपाई तथा १ महिना देखि कम्पनि बन्द भएर काम पनि छोडेका नेपाली, भारतीय तथा श्रीलंका लगायतका देशका कामदारहरुको विचल्ली भएको हो ।
13305136_1234880859870227_6258166347477051755_o
अलपत्र परेका नेपाली पीडितहरुलाई भोको पेट बस्न नपरोस भनेर कतारमा कलाकारिता क्षेत्रमा क्रियाशिल रहेको सस्था बसन्त फिल्मस् प्रा.लि.का प्रबन्धक निर्देशक ईश्वर काफ्ले तथा उहाँकी धर्मपत्नी सपना काफ्ले, सल्लाहकार केशव कंडेल तथा मिडिया पार्टनर साझा नेटवर्कका सम्पादक कुमार अविरल लगायतको समुह पिडितहरु भएको ठाउमा गएर १० बोरा चामल प्रदान गरेको छ । साथै सोहि अवसरमा मोना कतारका महासचिव तिलु शर्मा पौडेलले पनि २ बोरा चामल प्रदान गर्नु भएको छ ।
13301349_1234880856536894_2141406836031369916_o
तलब सुबिधा नभएपछी जेनतेन केहि महिना खानाको जोहो गर्दै आएका नेपालीहरु यो समयमा उनीहरुसंग शरीरमा लगाएको एक सरो कपडा बाहेक अरु केहि छैन । यस्तो अवस्थामा रहेका पिडितहरुलाई सम्बन्धित निकायले छिटोभन्दा छिटो आवश्यक काम कारवाही गरी आफ्नो देश फिर्ता पठाउन पहल गर्नु जरुरी देखिन्छ ।
नेपाली दूतावास कतारले यो घटनाको बारेमा जानकारी पाएपछी दूतावासको तर्फबाट हुन सक्ने काम कारवाहीहरु अगाडी बढाउने जनाएको छ ।
13320929_1234880596536920_7615744332611445423_o
गैर आवासीय नेपाली संघ कतार शाखाका अध्यक्ष विनेश तामाङसंग यस बारेमा एनआरएनएको कस्तो भूमिका रहेको छ त? भन्ने प्रश्नमा पिडित पक्षका क्याम्पवोस पासाङ सेर्पाले अवस्थाको बारेमा जानकारी गराएपछि संस्थागत रुपमा सम्बन्धित निकायलाई जानकारी गराईसकेको छौ । अबको अवस्थालाई नियाल्दा थप दवाव दिएर यथाशक्य न्याय दिलाएर नेपाल पठाउने काम गरिहाल्नेछौं, अध्यक्ष तामाङको भनाई रहेको छ।

पत्रकार एमपि पोखरेलले बिचल्लीमा परेका नेपालीको बारेमा जानकारी पाएपछि पिडितलाई भेटी समाचार तयार गरेर प्रकाशन गरेपछि पहिलोपटक गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितीका सदस्य आर के शर्माले १५ बोरा चामल लगायत अन्य सामाग्री प्रदान गरी राहत दिनुभएको थियो । १५ बोरा चामल आएपछि धेरै दिन देखि पेटभरि खान नपाएका हामीले पातलो दालको सहयोगमा केहि छाक खायौं – पिडितहरु बताउछ्न ।

यसैगरि दोश्रो चरणमा पत्रकार करिमबख्श मियाँको पहलमा व्यवशायी अब्दुल वाशिद (NRNA-ICC (SOCIAL ENTREPRENEURSHIP DEVELOPMENT SUB-COMMITTEE QATAR-MEMBER ) र एन आर एन ए गल्फ उपसंयोजक उमेश अधिकारी द्धयले १२ बोरा चामल, २३ किलो दाल ११ लिटर तेल र १० पोका नुन प्रदान गर्नुभएको थियो ।

एक महिना भन्दा पहिले देखि नै आफन्त र विभिन्न श्रोतबाट नेपाल फिर्तीका लागि टिकट जोहो गरेर जान नपाएकाहरुको विरहको कथा अलगै छ । उनीहरु भन्छन्, पहिले टिकट लिएर आउनेलाई एक्जिट पेपर दिन्छौं भनेर टिकट लिएर आयौं । हामीलाई एक्जिट पेपर नदिएकै कारणले नेपाल फिर्ता हुन पाएनौं ।

साहुको बाउ कतार छोडेर भागीसक्यो । छोरोलाई जेल हालेको छ । न्यायको लागि धेरै पटक भौंतारियौं । कतैबाट सहयोग भएन । अलपत्र अवस्थामा रहेका मध्येमा सुर्य म्यानपावर काठमाडौंबाट आएका ८५ जना, एसओएस म्यानपावर, शिखर म्यानपावर, एन आर सि अर्थात नेशनल रिक्रुटमेन्ट कन्सल्टेन्सी, साईकृष्ण म्यानपावर बाट आएका २० जना, अल अरेविया म्यानपावरबाट आएका १२ जना र मिराकल इम्प्लोयमेन्ट सर्भिस प्राईभेट लिमिटेडबाट आएकाहरु गरी कुल १८५ जना रहेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend