logo
  • शनिबार, साउन ३० २०८३

गुल्मीमा कांग्रेस निकट कर्मचारी पहिलो शक्ती


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

प्रेम सुनार, गुल्मी जेठ २०।
नेपाल निजामती कमचारीहरुको आधिकारीक ट्रेड युनियनको आज भएको निर्वाचनको मत परिणामले नेपाली काँग्रेस निकट कर्मचारीहरु पहिलो शक्तीका रुपमा देखा परेका छन् ।

प्रमुख निर्वाचन अधिकृत कैलास केसीले दिएको जानकारी अनुसार नम्वर १ चुनाव चिन्हमा परेको नेकपा एमाले निकट जिमामती कर्मचारी संगठनले १ सय ७६ मत अर्थात ३८.५१ प्रतिशत ल्यार दोश्रो स्थानमा परेको छ । त्यस्तै नम्वर २ मा रहेको नपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन (संघ) ले २ सय ५५ मत अर्थात ५५.७९ प्रतिशत ल्याएर पहिलो स्थानमा रहेको छ ।

३ नम्वरमा रहेको नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रय कर्मचारी संगठन १७ मत अर्थात ३ . प्रतिशत ५९ प्रतिशत ल्याएको छ । चौथो नम्वरमा परेको निजामती मधेसी कर्मचारीले १ मत प्राप्त गरेका छन् । ५ नम्वरमा परेकोले ९ मत ल्याएका छन् ।

कुल ४ सय ९२ मतदाता संख्यामा खसेको सदर मत ४ सय ५७ रहेको र २२ मत वदर रहेको प्रमुख निर्वाचन अधिकृत कैलाश केसीले जानकारी दिए । उनले विहान ९ बजे देखि सुरु भएको मतदान साँझ ५ वजे सकिएको र त्यस लगत्तै मतगणना साढे सात वजे सकिएको बताए ।

निर्वाचन एकदमै मर्यादित र शौहार्दपुर्ण वातवरणमा सम्पन्न भएको उनको दावि रहेको छ । यो परिणामबाट कांग्रेस निकट कर्मचारीहरुले स्वतः अध्यक्ष पद र कोषाध्यक्ष पाउने छन् । नेकपा एमाले निकट कर्मचारीहरुले उपाध्यक्ष र तेश्रो हुने माओवादी केन्द्रका कर्मचारीहरुले सचिव पद र चौथोले सह सचिव पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend