logo
  • शनिबार, साउन ९ २०८३

‘एउटै कार्यालयमा श्रीमान श्रीमति हुँदा घर जस्तै लाग्छ ’


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

प्रेम सुनार, गुल्मी जेठ १९।
आज बुधवार निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा मत हाल्ने कर्मचारीहरु मध्ये केहि जोडीहरु एउटै कार्यालयमा श्रीमान श्रीमति रहेकाहरु प्नि भेटिए ।
jodi
पशु स्वास्थ्य केन्द्र दरवार देविस्थानकी कार्यालय प्रमुख चमेली ज्ञवाली र सोही कार्यालयमा कार्यालय सहयोगी रहेका उनका श्रीमान गोपालप्रसाद ज्ञवाली , धुर्कोट रजस्थल ईलाका हुलाक कार्यालयका हुलाकी ज्ञानकुमार कुँवर र सोही कार्यालयमा कार्यरत कार्यालय सहयोगी उनकी श्रीमति उजेला देवि कुँवरले आज मतदान गरे ।

त्यस्तै र खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका कम्युटर अपरेटर शरद पुरी र सोही कार्यालयमा नायव सुव्वा पदमा कार्यरत उनकी श्रीमति लालकुमारी घति ( पुरी ) ले पनि आज संगै आएर मतदान गरे ।

उनिहरु लगयत धेरैको जवाफ थियो –‘एउटै कार्यालयमा श्रीमान श्रीमति हुँदा घर जस्तै लाग्छ ।’ प्युठान नारीकोट–४ घर भएका खानेपानीका पुरीले भने म २०६५ सालमा यस कार्यालयमा नियुक्ती पाएको थिएँ उनले हुलाकमा खरिदारको जागिर खादै थिईन् । पछि २०६७ सालमा लोक सेवा आयोगको परिक्षामा नायव सुव्वामा नाम निकालिन र यस कार्यालयमा आईन । त्यस पछि आफुहरु मन मिल्यो र २०६८ सालमा प्रेम विवाह गरेका हौं ।’

गुल्मीको नेटा दर्लिङ्ग माईती भएकी उनकी श्रीमति लालकुमारीले एउटै कार्यालयमा श्रीमान श्रीमति हुँदा काममा सघाउ हुने बताउँदै कार्यालय घरै वसे जस्तो लाग्ने गरेको प्रतिकृया दिईन् । नातामा त श्रीमान श्रीमति तर राजनैतिक रुपमा कसले कता भोट हालियो त ? भन्न मिल्छ ? भन्ने प्रश्नमा उनिहरुले हाँस्दै भने–‘ भो त्यो त नभनौ । ’

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend