logo
  • शनिबार, साउन ३० २०८३

गुल्मीमा कर्मचारीहरुको चुनावी चहल पहल


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

प्रेम सुनार ,गुल्मी जेठ १९।
देशभर हुन गई रहेको जिमामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन गुल्मीमा पनि आज विहान ९ वजे देखि सुरु भएको छ । सदरमुकाम तम्घासको वालमन्दिर प्रङ्गाणमा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेल र स्थानिय विकास अधिकारी डिलाराम पन्थीले मत पेटिकको शिल तोडेर निर्वाचनको उद्घाटन गरेका थिए ।
k 6
उनिहरुले भने मत राख्न पाउँदैनन् । जिल्ला न्यायधिस मातृकाप्रसाद मरासीनी पनि त्यसको केहि वेर पछि निर्वाचन स्थल अवलोकन गर्न आएका थिए । नेपालमा पहिलो पटक हुन गई रहेको यो चुनावमा यस जिल्लाबाट पहिलो मतदाता हुने अवसर पाईन जिल्ला पशुसेवा केन्द्र तुराङ्ग मजुवाकी प्राविधिक सहायक सुशिला गैरैले ।
k 3
पहिलो मत हाल्न पाएकोमा गौरव महशुस भएको बताउँदै गैरेले राजनैतिक आस्थाका आधारमा मत दिएको बताईन् । उनले कुन दल निकट भन्ने कुरा भने बताउन चाहिनन् । ४ सय ९३ जना मतदाता संख्याको नामावली टाँगिए छ । सरकारी वकिल कार्यालयका सह–न्याधिवक्ता रहेका प्रमुख निर्वाचन अधिकृत कैलास खत्री क्षेत्रीले भने–‘ ४ सय ९३ जना लिष्टमा भए पनि एक जना डवल परेको भन्ने छ छानविन पछि मात्र एकिन हुने छ ।’
k 4
उनका अनुसार म साँझ ५ वजे सम्म निर्वाचनको समय निर्धारण हुने छ । निर्वाचन मर्यादित ढंगबाट गराईको सहायक मतदान अधिकृत रहेका जिल्ला अदालतका श्रेष्तेदार श्यमविहारी मौर्यले बताए ।
k 1
यस चुनावले कर्मचारीहरु कुनै राजनैतिक दलको भातृ संगठन हुने परिपाटीको अन्त्य गराउने अपेक्षा राखेको प्रमुख जिल्ला अधिकृत प्रदिपराज कँडेलले बताए । जिल्ला न्यायधिस मातृकाप्रसाद न्यौपाने र स्थानिय विकास अधिकारी डिलाराम पन्थीले पनि नेपालमा पहिलो पटक हुन लागेको यो चुनावले कर्मचारीहरुलाई एउटै छाता पनि राख्न महत्वपुर्ण भुमिका खेल्ने प्रतिकृया दिए ।

स्याङ्गजा घर भई गुल्मीको फोक्सीङ्ग पशु सेवा कार्यालयमा कार्यरत पशु स्वास्थ्य प्राविधिक सिताकुमारी शर्माले कर्मचारीहरुको हक हित हुने अपेक्षा राखेर मतदान गरेको प्रतिकृया दिईन् । धुर्कोट हुलाक सेवा कार्यालयका मिनप्रसाद गैरेले जागिरको २२ वर्ष पछि र ५० वर्षको उमेरमा कर्मचारीको नेता छान्ने अवसर पाएकोमा गौरव लागेको बताए ।

शान्तिपुर ईलाका वन कार्यालयका वन रक्षक युवराज शर्माको उमेर पनि ५४ वर्ष भयो र १९ वर्षको जागिरे अवधीमा मतदान गर्न पाएकोमा खुशी लागेको प्रतिकृया दिए । बडागाउँ ईलाका स्वास्थ्य कार्यालयका कार्यालय सहयोगी हरिलाल भट्टराई लगायका पुराना कर्मचारीहरुले यो चुनावलाई अनौठो रुपमा लिएको बताउ छन् ।

नेकपा एमाले निकट नेपाल निजामति कर्मचारी संगठन गुल्मीका अध्यक्ष चोलाराज शर्माले आफ्नो संगठन जिल्लामा पहिलो संगठन हुने दावि गरे । त्यस्तै नेपाली काँग्रेस निकट नेपाल निजामति कर्मचारी युनियन ( संघ ) का अध्यक्ष हरि ज्ञवालीले पनि आफ्नो संघ निर्वाचनको नतिजा पछि पहिलो हुने दावि गरे ।

संघका केन्द्रिय सदस्य जयश्वर पन्थीले आजको दिनलाई कर्मचारीहरुको ऐतिहाँसिक पर्वका रुपमा लिएको प्रतिकृया दिए । नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन गुल्मीका अध्यक्ष खगेश्वर घिमिरेले आफुहरुको संगठन तेश्रो स्थानमा आउने कुरामा आफु विश्वस्त रहेको प्रतिकृया दिए ।

प्रमुख तिन दलका ति संगठन सहित देशभर ७ वटा राजनैतिक दल निकट कमचारी संगठनले उमेदवारी दर्ता गरिएका छन् भने कुल ५५ हजार कर्मचारीहरुले मतादनमा भाग लिदैछन् ।

कार्यालय सहयोगी देखि शाखा अधिकृत सम्मले मतदान गर्न पाउने छन् । तर शाखा अधिकृत कुनै कार्यालयको प्रमुख रहेको खण्डमा मतदान गर्न पाउने छैनन् । देशभर १ सय १७ वटा निकायका १ सय २९ मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी गरी २८ सय जनशक्ती खटिएका छन् ।

आजको दिनलाई निजामती कर्मचारीहरुलाई नेपाल सरकारले विदा घोषणा गरेको छ । केन्द्रिय स्तरमा सह–न्यायधिबक्ता गिताप्रसाद तिमिल्सिना प्रमुख आयुक्त प्रमुख निर्वाचन अधिकृत खटिएका छन् । जिल्लामा सरकारी वकिल कार्यालयका प्रमुख , प्रमुख निर्वाचन अधिकृत खटिएका छन् ।

मतका आधारमा पदाधिकारी चयन

निजामती सेवा नियमावलीको व्यवस्था अनुसार मतदाताले कुनै एक संगठनलाई मत दिने छन् । प्राप्त मतका आधारमा केन्द्रिय, विभागिय र जिल्ला कार्य समिति गठन हुने छ । सरकारले १ केन्द्रिय, ४२ वटा विभागिय र ७५ वटा जिल्ला कार्य समितिको निर्वाचन गर्न लागेको हो । प्राप्त मतका आधारमा पहिलो हुने संगठनले केन्द्रिय समितिमा अध्यक्ष र कोषाध्यक्ष पाउने छन् ।

दोश्रोले महासचिव, तेश्रोले उपाध्यक्ष र चौथोले सचिव पद पाउने छन् । जिल्लामा भने पहिलो र दोश्रो क्रमशः अध्यक्ष ,उपाध्यक्ष , तेश्रोेले सचिव , चौथोले सह–सचिव पद पाउने छन् । केन्द्रमा १० प्रतिशत भन्दा कम मत ल्याउने संगठनले आधिकारिक ट्रेड युनियन संगठनको मान्यता पाउने छैनन् ।

दक्षिण एसियामै उदाहरणीय
प्रमुख निर्वाचन अधिकृत तिमिल्सिनाले नेपालमा भएको यो निर्वाचन दक्षिण एसियाकै उदाहरणीय कार्य भएको सञ्चार माध्यममा प्रतिकृया दिएका छन् । उनले भनेका छन–‘ दक्षिण एसियाकै मुलुकमा उदाहरणीय प्रयास हो ।

ट्रेड युनियनका पदाधिकारी मतदानबाट निर्वाचित हुने भएकाले मतदाता प्रति उत्तरदायी हुनेछन् । आधिकारिक संगठन संग मात्रै सौदावाजी हुने भएकाले सरोकारवाला मुद्धामा सम्वोधन गर्न सहज हुनेछ । यहाँका सरोकारवालाहरुले पनि कर्मचारीहरुको यो निर्वाचन दक्षिण एसियामै पहिलो भएको प्रतिकृया दिए पनि आधिकारिक रुपमा पहिलो हो भनेर दावि गर्न सकेका छैनन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend