logo
  • शनिबार, साउन ३० २०८३

एकिकृत वस्ती निर्माणका लागी ५० हज़ार सहयोग प्रदान


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

सन्तोष चोखाल, जापान  जेष्ठ १८।
राष्ट्र पुर्ननिर्माणमा जुटौ भन्ने अभियानका साथ यतिबेला धुर्मुससुन्तली फाउण्डेशनले गिरान्चौर एकिकृत बस्ती निर्माण गरिरहेको छ । यसको लागी देशविदेशबाट सहयोगहरू पनि आऊने क्रम जारी छ ।

13348976_1753254048225940_775389409_n

यस्तैमा यस अभियानलाई साथ दिदै एनआरएन जापानका निर्वतमान उपाध्यक्ष एवं वर्तमान सल्लाहकार तथा प्रतिष्ठित गल्कोट समाज जापानका वरिष्ठ उपाध्यक्ष नर बहादुर थापा र उहाँकी श्रीमति टिका कुमारी थापाले गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि ५० हजार रुपैँया हाँस्य कलाकार पल्पसा डंगोलमार्फत धुर्मुस सुन्तली फाउण्डेशनलाई पठाउनुभएको छ ।

थापासंगको छोटो क़ुराकानीमा उहाँले भन्नु भयो – यतिबेला राष्ट्र पुर्ननिर्माण हुदै छ हामीले सक्दो सहयोग गर्नुपर्छ भन्ने लाग्यो र यो सहयोग गरे । आख़िर हामीले नगरे कसले गर्ने ? पक्कै हामी सबैको साथ र सहयोग भयो भने यस अभियानले सार्थकता पाउने छ । देश अरुले बनाऊँदैनन हामी आफैले बनाउने हो ।

सहयोग प्राप्त गरीसकेपछी धुर्मुससुन्तली फाउण्डेशनले एक सूचना प्रकाशन गर्दै भनेको छ – हजुरको सहयोगप्रति हामी निकै आभारी छौँ । यस्तै साथ र सहयोगले हामीलाई अघि बढ्न ठूलो मद्धत मिलेको छ । सम्पूर्ण देशी विदेशी हातहरूबाट नै राष्ट्र पुर्ननिर्माण हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend